केपी ओली र डा. गोविन्द केसीबीचको युद्ध समाधानका उपाय

एकबहादुर क्षत्री २०७५ माघ ४ गते १७:१७ मा प्रकाशित

डा. गोविन्द केसी किन अनसन बसेर आन्दोलन गरेका छन ? सबैलाई जगजाहेर नै छ । उनी भ्रष्टाचारको बिरुद्धमा लडेका हुन् । एउटा मेडिकल विद्यार्थीका हैसियतले मेडिकल क्षेत्रको सुधारको लागि लडेका छन् । मनमोहन कलेज काठमाडौँमा सञ्चालन नहोस् भन्ने होइन सोसँग केहि लेनादेना पनि छैन होला । तर, बुढी मरेको भन्दा काल पसेको डरले त्रसित भएर नै मनमोहन कलेज काठमाडौँमा सञ्चालन नहोस् भनि आन्दोलन गर्नुपरेको हो ।

अहिले पनि संसदमा गोप्य मतदान गर्ने हो भने ९० प्रतिशत सरकारमा रहेकाले पनि केसीको पक्षमा मत गर्नेछन् । तैपनि माफियहरुले घुसको खोलो बगाएर बिरोधि नेपाली काँग्रेसलाई पनि किनिदिनेछन् ।

भ्रष्टाचार गरेका माफियाले मेडिकल कलेज खोल्ने अरु भ्रष्टाचार गर्ने र भ्रष्टाचार गरेर धेरै कमाई गरेका छोराछोरीले मात्र ठूलो शुल्क तिरेर पढने, गरिबका छोराछोरीले मेडिकल कलेजको त के कुरा साधारण स्कुलमा समेत पढन् नपाउने निरह तीन करोड जनताको लागि लडेका छन् । शिक्षा र स्वास्थ्य सेवा शहरमा मात्र भयो भनि उनले मेडिकल क्षेत्रको सुधारको साथै तीन करोड जनता भ्रस्टाचारबाट मुक्त भएको हेर्न चाहन्छन् ।

शिक्षा र स्वास्थ्य सेवा शहरमा मात्र भयो भनि उनले मेडिकल क्षेत्रको सुधारको साथै तीन करोड जनता भ्रस्टाचारबाट मुक्त भएको हेर्न चाहन्छन् ।

यो सबैको चाहना पनि हो ।

राणाकालीन शैली जस्तो गरि वामशैली उपयोग गरिएको छ । राजश्व चुहावट र गुप्तचर आफै अन्तर्गत राखेर मेडिकल माफिया र चुनाव माफियाको इशारामा काम गरे, जसले गर्दा न त भ्रष्टाचार कम भएको छ झन् सरकारको कारबाहीमाथि शंका उत्पन्न भएको छ ।

अहिले पनि संसदमा गोप्य मतदान गर्ने हो भने ९० प्रतिशत सरकारमा रहेकाले पनि केसीको पक्षमा मत गर्नेछन् । तैपनि माफियहरुले घुसको खोलो बगाएर बिरोधि नेपाली काँग्रेसलाई पनि किनिदिनेछन् । प्रधानमन्त्री पनि चुनाबी र मेडिकल माफियामा परेका हुन् । नेकपालाई भोट दिने नदिने सबै तीन करोड जनता प्रधानमन्त्री ओलीबाट भ्रष्टाचारबाट मुक्त भएको चाहन्छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचार हेर्न र सुन्न नचाहने भनि भाषण हजारौँ पटक गरि यो पदमा पुगेका हुन् । भ्रष्टाचार गर्ने र गरेको भए यो पद पाउने थिएनन् । भ्रष्टाचार निवारण नगरेमा दुई तिहाईको सरकार भएपनि बर्ष दिन बिताउन सम्भव छैन यसको बिरोध पार्टी भित्रैबाट आउने छ ।

भ्रष्टाचार निवारण नगरेमा दुई तिहाईको सरकार भएपनि बर्ष दिन बिताउन सम्भव छैन यसको बिरोध पार्टी भित्रैबाट आउने छ ।

बिरोधि पार्टीले टाउको दुखाउन नपर्ला ।

सरकारको नीति तथा कार्यक्रममा सरकारी, निजि र संगठित क्षेत्रबाट हुने सबै प्रकारको भुक्तानी बैंक खातामा मात्र हुने व्यवस्था गरिनेछ भनिएता पनि सो लागू गर्नेतिर बजेटमा ठाउँ नै पाएन । प्रधानमन्त्रीलाई कसरी भ्रष्टाचार हटाउन सकिन्छ भन्ने कुराको ज्ञान नै नभएको पनि हुन सक्छ ।

तर, भ्रष्टाचार हटाउने कुरामा कसरी हटाउने भन्ने बिषयमा प्रवेश नगरेर समय व्यतित गर्दैछन् । कता कता राणाकालीन शैली जस्तो गरि वामशैली उपयोग गरिएको छ । राजश्व चुहावट र गुप्तचर आफै अन्तर्गत राखेर मेडिकल माफिया र चुनाव माफियाको इशारामा काम गरे, जसले गर्दा न त भ्रष्टाचार कम भएको छ झन् सरकारको कारबाहीमाथि शंका उत्पन्न भएको छ । डा. गोविन्द केसीलाई जुम्ला गएर अनसन बस्ने स्थिति सिर्जना गरियो । दैनिक रु ३५ करोडको कर चुहावट भएको ४ महिना भयो सो हिसाबले पनि भन्सारमा रु. ३५ करोड, अन्य करमा रु. ३५ करोड र बजेट खर्चमा रु. ३० करोड गरि दैनिक प्रत्यक्ष रु एक अर्ब भ्रस्टाचार भएको छ ।

सरकारको नीति तथा कार्यक्रममा सरकारी, निजि र संगठित क्षेत्रबाट हुने सबै प्रकारको भुक्तानी बैंक खातामा मात्र हुने व्यवस्था गरिनेछ भनिएता पनि सो लागू गर्नेतिर बजेटमा ठाउँ नै पाएन । प्रधानमन्त्रीलाई कसरी भ्रष्टाचार हटाउन सकिन्छ भन्ने कुराको ज्ञान नै नभएको पनि हुन सक्छ । किनभने हरेक भाषणमा भ्रष्टाचार हटाउने, हेर्न र सुन्न नचाहने कुरा आउने गरेका छन् । अहिले र जहिले पनि रोग निको पार्नभन्दा रोग लाग्न नदिने र तातोमा नौनी पग्लने बिगार्ने हुदाँ चिसो राख्ने गर्नुपर्छ ।

जनताले गोपाल पराजुली र लोकमानसिंह कार्कीको जागिर जावास भनेको हैन । यस्ता भ्रष्टाचार र अपराध रोकियोस् भनेको हो । तर, जागिर गएपनि भ्रष्टाचार र अपराध देशभरी त कुरै भएन निजका पद सम्हाल्ने हालका प्रधानन्यायधीश, प्रमुख आयुक्त र प्रधानमन्त्रीले समेत भ्रष्टाचार गरेका छैनन् भने ठाउँ छैन ।

तसर्थ, आर्थिक कारोबार जति बैंकमार्फत गरि नगद हातमा नपरेपछि घुस लिन र दिन नमिल्ने भै भ्रष्टाचार र अन्य अपराध निकै कम हुनेछ । हाम्रो देशको परिप्रेक्ष्यमा आज÷भोलीमा यो व्यवस्था लागू गर्न सकिन्छ । सरकारले चाहेमा भोलीदेखि नै व्यापारीले खरिद भुक्तानी बैंकमार्फत गर्ने र एक महिनापछि बिक्रि गर्दापनि बैंकमार्फत डेबिट कार्डबाट मात्र भुक्तानी लिने व्यवस्था मिलाउन सक्छ । यसे गरेमा नोटको कारोबार एकदमै कम कारोबार भै यसको निगरानीले घुस लिन दिन, भ्रष्टाचार, अपराधमा कमि हुँदै जाने देखिन्छ । दुर्गमका बासिन्दाले पनि बैंक सेवा पाउने र वाणिज्य बैंकको खर्च आधा कम हुनेछ । प्रहरी र गृहमन्त्रालयको काम आधै घट्ने छ ।

तीन करोड जनताले गोपाल पराजुली र लोकमानसिंह कार्कीको जागिर जावास भनेको हैन । यस्ता भ्रष्टाचार र अपराध रोकियोस् भनेको हो । तर, जागिर गएपनि भ्रष्टाचार र अपराध देशभरी त कुरै भएन निजका पद सम्हाल्ने हालका प्रधानन्यायधीश, प्रमुख आयुक्त र प्रधानमन्त्रीले समेत भ्रष्टाचार गरेका छैनन् भने ठाउँ छैन ।

र, जागिर गएपनि भ्रष्टाचार र अपराध देशभरी त कुरै भएन निजका पद सम्हाल्ने हालका प्रधानन्यायधीश, प्रमुख आयुक्त र प्रधानमन्त्रीले समेत भ्रष्टाचार गरेका छैनन् भने ठाउँ छैन ।

गरेको मात्र देखाउने नगरेको देखाउने अवस्था छैन ।

झापाको दमकस्थित बि एन्ड सी मेडिकल कलेजलाई प्रदेश नम्बर १ को पहाडी जिल्लामा र मनमोहन कलेजलाई प्रदेश नम्बर ७ मा उच्चस्तरको सेवा र अध्यापन विस्तारित एक कलेज खोलेर मात्र कलेज सञ्चालन गर्न दिने ।

तीन करोड जनताको प्रतिफललाई लत्याइएको छ । भ्रष्टाचार गरेको वा नगरेको, घुस लिएको वा नलिएको, सुनकाण्डमा कसले कसले लगानी गरे के कति कसले ज्याला मजदुरी, बक्सिस लिए/दिए देखिने व्यवस्था बैंक माध्यमबाट मात्र आर्थिक कारोबार गर्ने गर्नुपर्छ । सायद केसीले बैंकमार्फत कारोबार गरेमा शून्य भ्रष्टाचार र अपराध निकै कम हुन्छ भन्ने ज्ञान भएको भए त्यसैबेला लागू गराउन पहल गर्थे होलान् ?

केसी–ओली युद्धको समाधान गर्ने उपाय

१. झापाको दमकस्थित बि एन्ड सी मेडिकल कलेजलाई प्रदेश नम्बर १ को पहाडी जिल्लामा र मनमोहन कलेजलाई प्रदेश नम्बर ७ मा उच्चस्तरको सेवा र अध्यापन विस्तारित एक कलेज खोलेर मात्र कलेज सञ्चालन गर्न दिने । क्रमिक रुपले काठमाडौँका सबै मेडिकल ननमेडिकल कलेजलाई यस्तै प्रावधान लगाउने जसले पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गर्नुपर्ने केसीको माग कैयौँ गुणा बढी पुरा हुनेछ ।

२. सरकारले सम्पूर्ण भ्रष्टाचार र अपराध हटाउने । घुस लिन/दिन नमिल्ने व्यवस्थाको सुरुवात गर्ने । सरकारको नीति तथा कार्यक्रम अनुसार सरकारी, निजि र संगठित क्षेत्रबाट हुने सबै प्रकारको भुक्तानी बैंक खातामा मात्र हुने व्यवस्था गर्ने र एक महिनाभित्र सबै खरिद बिक्रि र लेनदेनको कारोबार बैंकबाट गर्नेगरि भ्रष्टाचार तथा अपराध कम गर्ने ।

पुन :प्रकाशित

प्रतिक्रिया