अष्ट्रेलियामा थारु समुदायको माघी पर्व भब्य रुपमा सम्पन्न

इनेप्लिज २०७५ माघ ४ गते १२:३४ मा प्रकाशित

रकडेल । सिड्नी

थारु सोसाइटी सिड्नी अष्ट्रेलियाको आयोजनामा माघी पर्व भब्य रुपमा सम्पन्न भएको छ। थारु समुदायको साथमा अन्य नेपाली जनसमुदायका ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम गत मंगलवार टेम्पे पार्कमा आयोजना गरिएको थियो ।

दिप नारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको
उक्त कार्यक्रमको सञ्चालन सोफ़िया चौधरी र सुनम चौधरी ले गरेका थिए भने अतिथि स्वागत पब्लिक रिलेशन अफिसर अरुण कुमार चौधरी द्वारा गरिएको थियो l

अष्ट्रेलियामा थारु समुदायको पहिलो कार्यक्रमले यति धेरै माया, सद्भाव र साथ पाउदा अत्यन्तै खुशी लागेको थारु अगुवाहरुको छोटो मन्तब्यको भाबनामा ब्यक्त गरेका थिए । साथमा शीघ्र नया कार्यक्रमको बारेमा संस्थाले जानकारी दिने पनि बताएका थिए।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती सिरहा जिल्लाका पदम नारायण चौधरीले “पर्रदेशी भुमीमा समेत आफ्नो कला संस्कृति जोगाउन यस्ता कार्यक्रमहरु को आवस्यकता रहेको र सम्पुर्ण नेपालीहरु लाइ एक हुन आग्रह गर्नु भएको थियो| चौधरी नेपालको पूर्व सभासद तथा मंत्री समेत हुनुहुन्छ|

कार्यक्रममा NINFA अध्यक्ष अरुण कुमार तामाङ, उपाध्यक्ष लक्ष्मण गुरुङ , एआरएनएका उपाध्यक्ष नन्द गुरुङ, सचिव देव गुरुङ, थारु महिला सभा नेपालका तारा देवी चौधरी, बेकर्स डिलाइटका भरत अधिकारी र सरु खतिवडा, इनोभेटिभ एसोसिएट्सका दिला खरेल, मल्टी डाइनामिकका मेघराज पौडेल, स्मार्ट लाइन मोर्टगेजका कपिल नेपाल, एक्सपर्ट एजुकेशन तथा भीषा सर्भिसका सन्तोस शर्मा, नेपाली टचका दिपेश पुन र राज के गोश्वामी तथा दिनेश पोखरेल, पदम शाक्य, केशब जोशी, सूर्य गौतम, छिरिङ लामा, जितमान लिम्वू, राम सिपतुंखा राई, घनेन्द्रराज फियाक जेपी लगायत सहभागी थिएI उपस्थित अतिथीहरुलाई संस्थाका सल्लाहकार रामेश्वर चौधरीले पगरी तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए।औपचारिक कार्यक्रम को समापन अध्यक्ष दिप नारायण चौधरीले कार्यक्रम का सहयोगी अतिथीहरुलाई प्रशंसा प्रमाण पत्र हस्तान्तरण गरी धन्यवाद दिएर गरेका थिए ।

कार्यक्रममा थारु समुदायको पूर्व मेची देखि पश्चिम महाकाली सम्मको कला सँस्कृति झल्कने पहिरन, परम्परागत परिकारहरु तथा छ्याङ लगायतको व्यवस्था गरिएको थियो । थारु कलाकारहरुले आफ्नो भाषाका गीतमा नृत्य पस्केका थिएl गायक विश्वास श्रेष्ठ र श्वेता चौधरीले गीत गाएर मनोरंजन गराएका थिए भने सिडनीका प्रख्यात डिजे नटकेस ले सवैलाई झुमाएका थिएl

प्रतिक्रिया