चार नारायण मन्दिरको पहिलो तलाको काम सकियो

इनेप्लिज २०७५ माघ ४ गते १२:३२ मा प्रकाशित

ललितपुर, ४ माघ । पाटन दरबार क्षेत्रमा रहेको चार नारायण मन्दिर पुनःनिर्माण पहिलो तलासम्मको काम सकिएको छ । मन्दिरको माथिल्लो तला र छानाको काम मात्रै बाँकी रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।

मन्दिरको पुनःनिर्माण आगामी वर्षसम्ममा सम्पन्न हुने कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । काठमाडौँ उपत्यका संरक्षण कोष ९केभिपिटी०ले भूकम्पलगत्तै यहाँँका १२ स्मारकको पुनःनिर्माणको जिम्मेवारी लिएको थियो । तीमध्येमा चार नारायणको मन्दिर पनि पर्दछ । अरु १० स्मारकको निर्माण सम्पन्न भइसकेको छ भने हरिशङ्कर मन्दिर र यो मन्दिरको निर्माण जारी छ । केभिपिटीले लक्ष्य लिएभन्दा चाँडो निर्माण सम्पन्न गर्ने उहाँले बताउनुभयो ।

मन्दिरलाई पाटनकै पुराना मन्दिरमध्ये एक मानिन्छ । मन्दिरको निर्माण विसं १५६५ मा पुरन्दर सिंहले गरेको पाइन्छ । ललितपुरमा नै कुम्भेवर, राधाकृष्ण मन्दिर, मच्छिन्द्रनाथको मन्दिरलगायतको पुनःनिर्माणले गति लिन सकेको छैन ।

प्रतिक्रिया