बुधबार, माघ ५ २०७८
काठमाडौं १६:५५
वासिङटन डिसी 06:10

एसियन कप फुटबलमा जापान प्रि क्वार्टरफाइनल प्रवेश

इनेप्लिज २०७५ माघ ४ गते २:५१ मा प्रकाशित

लण्डन, ४ माघ । यूएईमा भैरहेको एसियन कप फुटबलमा जापान समूह विजेता बन्दै प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जापानले समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानमाथि २–१ गोल अन्तरको जित निकाल्दै समूह एफबाट विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो ।

बिहीबारको खेलमा पराजित भएको उज्वेकिस्तान पनि उप विजेता बन्दै प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । लगातार २ खेल जितेका दुवै टिमको नतिजाले विजेता र उप विजेता टुंगो लगाएको हो ।

उज्वेकिस्तानले सुरुआती अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा उप विजेता हुन बाध्य भयो । ४०औं मिनेटमा उज्वेकिस्तानका एल्डर सोमुद्रोभले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर यो अग्रता जापानले ३ मिनेट पनि टिक्न दिएन । जपानका लागि योसिनोरी मुटोले गोल गर्दै पहिलो हाफमा १–१ को बराबरीमा ल्याएका थिए । ५८ औं मिनेटमा टुकासा सिटोनीले गोल गर्दै जपानलाई २–१ को अग्रता दिलाए ।

यो अग्रतालाई जापानले अन्तिम समयसम्म टिकाउन सफल भएपछि समूह विजेता बनेको हो । बिहीबार नै भएको समूह एफकै अर्को खेलमा ओमानले तुर्कीमिनस्तानलाई तीन एक गोल अन्तरले पराजित गरेको छ । एजेन्सी

प्रतिक्रिया