बिहीबार, भदौ ५ २०७६
काठमाडौं २२:०४
वासिङटन डिसी 12:19

ट्रम्पले हाने पेलोसीलाई छिर्के, साताव्यापी भ्रमण रद्द

यादवराज जोशी २०७५ माघ ३ गते २३:४४ मा प्रकाशित

गर्भमेन्ट सटडाउन चौथो सातामा प्रवेश गर्ने लाग्दा सत्ता र विपक्षबीच छिर्के हानाहान सुरुभएको छ । राष्ट्रपति ट्रम्पले बिहीबार हाउस अफ रिप्रजेन्टेटीभकी सभामुख न्यान्सी पेलोसीको साताव्यापी भ्रमण रद्द गरिदिएका छन् । उनले यो कदम पेलोसीको बुधबारको वयानको बिरोधमा दिएका हुन ।

गर्भमेन्ट सटडाउन भएकोले राष्ट्रपतिले जनवरी २९ मा गर्ने युनियन एड्रेस (संबोधन) रद्द गर्न पोलेसीले अनुरोध गरेकी थिईन । ह्वाईट हाउसले एकपत्र पठाउदै पेलोसीको ब्रसेल्स, इजिप्ट र अफगानिस्तान भ्रमणका लागि सैनिक जहाज दिन नसक्ने बताएको हो । राष्ट्रपति ट्रम्पले लेखेको उक्त पत्रमा पेलोसीले व्यवसायिक उडान प्रयोग गर्न सक्ने जनाइएको छ । पत्रमा व्यांगात्मक भाषामा पोलेसी वासिड.टनमै रहेमा सीमा सुरक्षाका विषयमा थप छलफल गरी गर्भमेन्ट सटडाउन हटाउन मद्दत पुग्ने उल्लेख गरिएको छ ।

अमेरिकी संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले युनियन एड्रेस (संबोधन) गर्ने परम्परा छ । उक्त सम्बोधनमा सरकारका प्राथमिकता घोषणा गरिन्छ । राष्ट्रपतिले युनियन एड्रेस नगरि नछाडने भएमा आफ्नै ओभल अफिसबाट गर्न सक्ने कटाक्ष पनि गरेकी थिईन ।

विपरित ध्रुवका डेमोक्र्याट र रिपव्लिकनबीच सीमा पर्खाल लगाउने विषयमा विवाद चलिरहेको छ । यो विवादका कारण झन्डै आठलाख संघिय कर्मचारी छुट्टी वा बिना तलव काम गरिरहेका छन् । अमेरिकी मिडियामा आएको समाचार अनुसार, चारलाख कर्मचारी बिना तलब काम गरिरहेका छन् र त्यत्ति नै संख्यामा कर्मचारीलाई बिदामा पठाइएको छ ।

गतसाता अमेरिकाका मूख्य शहरको वायु प्रदुषण बढेपछि उक्त क्षेत्रका कर्मचारीलाई बजेट पास भएपछि तलब दिने गरी काममा बोलाईएको थियो । कर (ट्याक्स) फाईल गर्ने समय भएकोले आईआरएसले पनि बिदामा रहेका कर्मचारीलाई काममा बोलाउने निर्णय गरेको छ । यस्तै सार्वजनिक यातायात व्यवस्थापन तथा सुरक्षा क्षेत्रमा पनि बिदामा बसेका कर्मचारीलाई काममा बोलाइएको छ ।

समाचार र तस्वीर स्रोतः एजेन्सीहरु

प्रतिक्रिया