“द मास्क “ चलचित्रको प्रदर्शनी माघ -७ गते हुने

सर्बज्ञ वाग्ले क्यालिफोर्निया, अमेरिका २०७५ माघ ३ गते २३:१७ मा प्रकाशित


“द मास्क “ सस्पेन्स थ्रिलर जनरामा नेपाली माटोमा निर्माण भएको नेपाली चलचित्रको इतिहासमा एक उच्च गौरव हो । अत्याधुनिक विकासले मानवीय मूल्य र मान्यतमा आएका यावत ह्रास र विकृतिहरूलाई यस चलचित्रको मुख्य केन्द्र बिन्दु बनाइएको छ । यो चलचित्रभित्र कुनै पनि कथाबसवतु आजसम्म बन्दै आएका शास्त्रीय हिन्दी ,नेपाली कथाबस्तु जो थिए र अहिले पनि चलिरहेका छन् त्यस्तो छैन । नवीन कथा बस्तु उठाएर नयाँ ढंगले यस चलचित्रमा प्रस्तुत गरिएको छ । आमसम्म नेपालमा बनेका प्राय नेपाली चलचित्रले समाजलाई हत्या, आतंक र नकारात्मकताको पाठ मात्र सिकाए । अब नेपाली चलचित्रले समाजमा सकारात्मकताको पनि राम्रो सन्देश दिन सक्नु पर्छ भन्ने यस चलचित्रको उदेश्य हो भन्नु हुन्छ निर्देशक हेमप्रभास ।

यस चलचित्रमा कथाको शुरुवात र अन्त भिन्न ढंग अर्थात सस्पेन्स थ्रिलर जनरामा गरिएको छ । मानिस विकास र प्रविधिले कसरी यन्त्रवत बन्न बाध्य बन्यो र जसको आगामी निकास के हुन सक्छ ? फिल्मको मुख्य वैज्ञानिक र आध्यात्मिक दृष्टिकोण त्यो हो । समयको रफ्तार हाम्रो अगाडि कसरी चलिरहेको छ ? समय र प्रविधिले आगामी दिनमा मानिसलाई के कस्ता चुनौति दिन सक्छ ? आगामी पुस्ताको मनोविज्ञानमाथि प्रविधि कसरी हावि हुदै जान्छ भन्ने एउटा पृथक दृष्टिकोण प्रस्तुत गरिएको छ भने अर्कोतिर प्रविधि र ईश्वरीय शक्तिको फ्यूजन आगामी दिनमा कसरी हुन सक्ला भन्ने अर्को मानविय दर्शन पनि यसले फरक ढंगले प्रस्तुत गरेको छ । चलचित्रको कथा बस्तु यस्तै चुनौतिको बिच बाट अगाडि बढेर यन्त्रवत बनेको मानिसको मस्तिष्क आगामी शताब्दीमा कस्तो हुन्छ ? यन्त्रवत मान्छेमा विभिन्न किसिमका मनोवैज्ञानिक संवेगहरू कसरी उत्पन्न हुन्छन् र तिनैको सिधा प्रभाव समाजमाथि कसरी पर्छ भन्ने कुरालाई चलचित्रले अत्यन्त गहन ढंगले प्रस्तुत गरेको छ ।

कवि , लेखक तथा कवि ,आख्यानकार तथा समालोचक हेमप्रभासको स्क्रिप्ट लेखन र निर्देशन रहेको यस चलचित्र “द माक्स “ मा नाइँ नभन्नु ल – ५ बाट डेब्यु गरेका नायक अभिषेक नेपाल र कैफियतबाट डेब्यु गरेकी नायिका सजना थापाका साथै पारस गिरी तथा अर्पणा लिम्बु लगायत कलाकारहरूको बेजोड अभिनय रहेको छ । यस चलचित्रमा वरिष्ठ संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ भने सह निर्देशन युवराज दाहालको रहेको छ । त्यस्तै सिर्जना तबेबुंगको कला निर्देशन रहेको यस चलचित्रमा मेक अप आर्टिस्ट सरिता प्रजापति ,लाइट/रिफ्लेक्टर विजय बाबु चौधरी हुनुहुन्छ । सिनेमाटोग्राफर दिपक गिरीको रहेको छ । साउन्ड मिक्सिममा भोला पौडेल र सम्पादनमा अमृत चौलागाईंको शिल्प देखिन्छ । यस चलचित्र राइजिंग मलको क्युज सिनेमामा माघ ७ गते प्रदर्शन हुने छ ।

कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा विविध सांस्कृतिक पक्षहरूलाई विभिन्न कोण र मेटाफोर मार्फत् देखाइएको एक चेतना मुलक चलचित्र बन्न सफल भएको छ भन्नु हुन्छ निर्देशक हेमप्रभास । नेपाली कविता ,आख्यान र समालोचना विधामा एक उचाई बनाई सक्नुभएका हेमप्रभास नेपाली चलचित्र विधालाई पनि नितान्त पृथक र समाजको सोच नै बदल्न सक्ने ढंड्गले अगाडि बढ्ने थुप्रै अवसरहरू छन् र ती अवसरहरूलाई हामीले सहि ढंगले प्रयोग गर्न सक्यौँ भने नेपाली चलचित्रलाई कसैको बैशाखी नटेकी हाम्रै मौलिकपनले अगाडि बढाउन सकिने विचार ब्याक्त गर्नु हुन्छ ।

अमेरिकामा बस्नु हुने कवि , समालोचक तथा गीतकार बिकास थापा प्रडुसर रहनु भएको यस चलचित्रले नेपालको चलचित्र क्षेत्रमा नयाँ आयम , नवीनतम प्रयोग र समाजलाई सकारात्मक सन्देश दिन सफल हुने दृष्टिकोण राखेर नै यो चलचित्र निर्माण गरिएको हो भन्नु हुन्छ उहाँ । देश ,समाज र सिड्गो चलचित्र क्षेत्रलाई नै सकरात्मक सन्देश दिने उदेश्यले नै आफु यस क्षेत्रमा आएको बताउनु हुन्छ ।

प्रतिक्रिया