आइतबार, फागुन ५ २०७५
काठमाडौं ००:११
वासिङटन डिसी 13:26

ईनास अमेरिकाका अध्यक्ष लामालाई पितृशोक -हार्दिक समबेदना

इनेप्लिज २०७५ माघ ३ गते २३:११ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज(ईनास)का अध्यक्ष आनन्दु लामालाई पितृशोक परेको छ । गत पौष १९ गते उपचारको क्रममा ईनास अमेरिकाका अध्यक्ष आनन्दु लामाका पिता रमेश लामाको निधन भएको हो । स्व लामा ७६ बर्षको हुनु हुन्थ्यो ।

वहाको असामयिक निधनमा ईनास अमेरिका तथा ईनास भर्जिनिया परिवारको तर्फ बाट समबेदना प्रकट गरेको छ । साथै ईनास अमेरिकाको संचार सहयात्री ईनेप्लिज डटकम पनि रहेकोले यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौ ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास )नेपाली कला, साहित्य र संस्कृतिको उत्थान, संरक्षण र सम्वर्द्धन गर्ने तथा नेपाली कलाकार एवं साहित्यकारहरुको हितको लागि काम गर्न स्थापित भएको संस्था हो ।

 

प्रतिक्रिया