शनिबार, फागुन ४ २०७५
काठमाडौं २३:४०
वासिङटन डिसी 12:55

अमेरिकामा आइतबार काम गर्न लगाएको कारण भाडा माझ्ने महिलालाई २ करोड १५ लाख डलर

इनेप्लिज २०७५ माघ ३ गते १२:०१ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा को मायामीकि एक भाडा माझ्ने महिलालाई २१.५ मिलियन अर्थात् २ करोड १५ लाख भन्दा ज्यादा रकम दिलाई दिने अदालतले फैसला गरि दिएको छ । उनि काम गर्ने एक अतिथि गृहमा (भोजनालय)मा आइतबार पनि काम गर्न बाध्य बनाएकोमा उक्त फैसला अदालतले सुनाएको हो ।

उक्त रकम उनको पक्षमा अदालतले सुनाए पछि म्यारी जिन पियर नामक उक्त महिलाले स्थानीय संचार माध्यम एनबिसी६ लाई उनका वकिल समक्ष म भगवानलाई प्रेम गर्छु भनिन ।

उनले अगाडी भनिन आइतबार काम हुदैन भन्दै आइतबार भगवानलाई सम्मान गर्नु पर्छ । ६० बर्षिय उक्त महिला ३ बर्ष अगाडी कामबाट बर्खास्त भएकी थिइन् । मायामीको कोनराड मियामी होटलमा काम गर्थिन ।

उनि कैयौ पटक आइतबार गयल भए पछि उनलाई निकालिएको थियो । आफूलाई जागिर बाट हटाई पछि उनले मुद्धा हालेकी थिइन् । उनले नागरिक अधिकार १९६४ लाई होटलले उल्लंघन गरेको भनि मुद्धा दायर गरेकी थिइन् ।

उनलाई उक्त अतिथि गृहले सन २००९ देखि २०१४ लामो समय सम्म काम गर्न बन्द गर्न समेत सहमति भएको थियो । मायामीको संघीय अदालतको कागजात अनुसार उनलाई ५ लाख ३६ हजार डलर उनको आफ्नो तलव को क्षतिपूर्ति ,भावनात्मक वेदना तथा मानसिक पिडा सहित २० मिलियन दण्ड सम्बन्धि क्षति पूर्ति दिने समाचार न्युयोर्क पोस्ट मा समाचार छ ।

प्रतिक्रिया