यूरोप सम्बन्धी केही जानकारी

नवराज पोखरेल ,बुखारेष्ट, रोमानिया २०७५ माघ ३ गते ११:२८ मा प्रकाशित


यूरोप महादेशमा ५१ वटा राष्ट्रहरु छन भनें यूरोपियन यूनियनमा २८ वटा राष्ट्रहरू छन। यूनियन भनेको यी २८ वटा राष्ट्रहरु बीचको एक राजनैतिक तथा आर्थिक यूनियन (संघ) हो। यसले एक आन्तरिक बजार सञ्चालन गर्दछ र सदस्य राष्ट्रहरू बीच वस्तु, पुंजी र सेवाको नियन्त्रण गर्दछ। यूनियनमा आपसी प्रशासकिय साझेदारी हुन्छ र यो सबै राष्ट्रमा लागू हुने गरेको छ।

सन् १९५७ मा ईटालीको रोममा भएको सन्धिबाट यसको स्थापना भएको थियो। त्यस बेलादेखि हालसम्म यस यूनियनमा यूरोपका २८ राष्ट्रहरुले सदस्यता पाई सकेका छन। यूनियनले अहिलेसम्म आफ्नो नीति तथा नियमहरुमा परिवर्तन गर्दै सुधार जारि राखेको छ जसको फलस्वरूप यो संघ दृढ बन्दै गएको छ।

यहाँ बुझ्नु पर्ने कुराहरू के के छन् भनें –

Europe
European Union (EU)
The European Economic Area (EEA)
The European Free Trade Association (EFTA)
Euro
Schengen Area

Europe मा ५१ वटा राष्ट्रहरु छन। यी राष्ट्रहरुको नाम यहाँ लेखि रहन उपयुक्त छैन।

European Union (EU) मा २८ वटा राष्ट्रहरु छन।

अष्ट्रिया, बेल्जियम, बुल्गेरिया, क्रोएशिया, साईप्रस, चेख रिपब्लिक, डेनमार्क, एस्टोनिया, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, आयरल्याण्ड, ईटली, लात्भिया, लिथुआनिया, फिनल्याण्ड, लक्सेम्बर्ग, माल्टा, नेदरल्याण्ड, पोल्याण्ड,पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन, स्वीडेन र युके।

The European Economic Area (EEA) मा ३ वटा राष्ट्रहरु छन – आइसल्याण्ड, लिकेंस्टाईन र नर्वे। यी राष्ट्रहरु EU का सदस्य नभए पनि यिनीहरुले यूनियनका सदस्यहरू जस्तै सुबिधाहरु पाएका छन।

The European Free Trade Association (EFTA) मा ४ वटा राष्ट्रहरु छन – आइसल्याण्ड, लिकेंस्टाईन, नर्वे र स्वीजरल्याण्ड। EU को बीचमा रहको भएता पनि स्वीजरल्याण्डले EU र EEA को सदस्यता लिन मानेको छैन।

Euro अहिले सम्म EU का १९ वटा मुलुकहरूमा राष्ट्रिय मुद्राको रूपमा चलाईन्छ भनें अरु ७ वटा मुलुकहरूले भविष्यमा यूरो चलाउने कोशिसमा छन्। यूके र डेनमार्कले पहिलेदेखि नै आ-आफ्नो पैसा चलाई यूरोलाई नचलाउने निर्णय गरेका थिए।त्यसै गरि स्वीजरल्याण्ड र लिकेंस्टाईनमा स्वीस फ्राङक (CHF), नर्वेमा नर्वेजियन क्रोनर (NOK) र आइसल्याण्डमा आइसल्याण्ड क्रोनर (ISK) को प्रचलन छ।

Schengen Area मा २६ राष्ट्रहरु सदस्य छन। त्यस मध्येका ४ राष्ट्रहरु EU का सदस्य होईनन्, ताकि EFTA र EEA का छन। The Azores, Madeira र Canary Islands चाहि यूरोप महादेश बाहिर परे पनि यी क्षेत्रहरुले EU को बिशेस सदस्यता पाएकाले Schengen Area मा समाबेश गरिएको छ। अनि बाँकी ३ वटा राष्ट्रहरु भनें EU का राष्ट्रहरुका माँझमा परेकाले Monaco, Vatican City र San Marino लाई पनि Schengen Area ले ओगटेको छ। आयरल्याण्ड र यूकेले Schengen मा जाने ईच्छा राखेनन भनें रोमानिया, बुल्गेरिया, साईप्रस र क्रोएशिया Schengen मा पस्ने लाईनमा बसेका छन। यो बर्षको मध्यतिर रोमानियाले Schengen को सदस्यता प्राप्त गर्ने ठूलो संभावना रहेको विशेषज्ञहरूको भनाई छ।

सर्बिया, मन्टेनेग्रो, म्यासेडोनिया र टर्की चाहि EU को सदस्यता प्राप्त गर्न समय पर्खेर बसेका छन्।

प्रतिक्रिया