मंगलबार, असार ३१ २०७६
काठमाडौं १९:५८
वासिङटन डिसी 10:13

गर्भमेन्ट सटडाउनको असर भयावह

इनेप्लिज २०७५ माघ २ गते १९:५७ मा प्रकाशित

गर्भमेन्ट सटडाउन एक महिना पुग्नै लाग्दा यसको प्रभाव भयावह देखिएको छ । पहिले अनुमान गरिएभन्दा भयावह स्थिती छ, ह्वाईट हाउसले भनेको छ ।

दुई साता गर्भमेन्ट सटडाउन हुदाँ यसले आर्थिक वृद्धिमा ०.१ प्रतिसतले प्रभाव पार्ने देखिएको सिएनबिसी न्यूजले जनाएको छ । सन् २०१८ को अन्तिम साता अमेरिकाको आर्थिक वृद्धिदर २.८ प्रतिसत थियो । अर्थतन्त्रमा अनपेक्षित असर देखिएको छ, ह्वाईट हाउसका आर्थिक सल्लाहकार केभिन ह्यासेटले मंगलबार भने ।

गर्भमेन्ट सटडाउनका कारण झन्डै आठलाख संघिय कर्मचारी छुट्टी वा बिना तलव काम गरिरहेका छन् । अमेरिकी मिडियामा आएको समाचार अनुसार, चारलाख कर्मचारी बिना तलब काम गरिरहेका छन् र त्यत्ति नै संख्यामा कर्मचारीलाई बिदामा पठाइएको छ ।

गतसाता अमेरिकाका मूख्य शहरको वायु प्रदुषण बढेपछि उक्त क्षेत्रका कर्मचारीलाई बजेट पास भएपछि तलब दिने गरी काममा बोलाईएको थियो । तर, संघिय अदालतले सोमबार अहिले काम लगाएका कर्मचारीलाई पछि तलव दिन नमिल्ने बताएपछि कर्मचारी व्यवस्थापनमा संकट देखिएको छ ।

कर (ट्याक्स) फाईल गर्ने समय भएकोले आईआरएसले पनि बिदामा रहेका १८ हजारमध्ये चारहजारलाई काममा बोलाउने निर्णय गरेको छ । यस्तै सार्वजनिक यातायात व्यवस्थापन तथा सुरक्षा क्षेत्रमा पनि बिदामा बसेका कर्मचारीलाई काममा बोलाइएको छ । तर, संघिय अदालतको उक्त फैसलाले प्रभाव पार्नेछ ।

तस्बिर ; न्युज जर्नल

प्रतिक्रिया