स्मरण : मैले नशा छोडेको पल

सुशील निरौला २०७५ माघ २ गते ११:३७ मा प्रकाशित

चुरोट र खैनी सायद ८/९ बर्षको उमेर मै खान सिकेको थिए ।रक्सी १५ बर्ष पुरा गर्नै लाग्दा चाखेको थिए । रक्सी र चुरोटको म कहिल्लै मम्मली चैं बनीन् । तर कहिले काही महिनामा एक दुई पटक खाईन्थ्यो साथी भाईको जमघट तथा पार्टीहरुमा । जीवनको कुनै काल खण्डमा महिनामा ५/६ पटक पनि खाईयो होला तर त्यो भन्दा वढी चैं होईन । तर खैनीको चैं म सिके देखि कै अम्मली थिए । कति सम्म भने राति सुत्दा पनि च्यापेरै सुत्नु पर्ने ।विचमा एक दुई पटक छोडे पनि स्थायी रुपमा छोडन सकेको थिईन ।

२०४१ साल तिर म पहिलो पटक अल्सरको शिकार भए । २०४३ साल सम्म ४ पटक अस्पताल नै भर्ना हुनु परो । त्यसपछि लामो समय सम्म औषधी सेवन गरे पछि अल्सर निको भए जस्तो लागेको थियो । यस विच रक्सी र चुरोट फाट्ट फुट्ट पिए पनि खैनी चैं छोडन सकेको थिईन ।

अल्सरको कारण अन्तिम पटक अस्पताल भर्ना भएको १० बर्ष पछि २०५२ सालमा फेरी म अस्पताल भर्ना भए । यी १० बर्षमा मेरो विवाह भई ७ र ४ बर्षका दुई छोराहरु भईसकेका थिए । अस्पतालमा हेर्न आउने सबै आफन्त र शुभचिन्तकको भनाई एउटै थियो की म परिवार प्रति ज़िम्मेवार भईन । मलाई केही भएको अवस्थामा मेरो परिवारको हालत के होला । त्यो वेला सम्म नत मेरो आफ्नो घर नै थियो, नत बैकव्यालेन्स नत उल्फाको धन ।

हरेकका मुखवाट यही कुरा सुन्दा म गम्भीर हुन वाध्य भएको थिए । अस्पताल भर्ना भएकै दिन देखि मुखमा खैनी परेको थिएन । रक्सी र चुरोट हुने कुरै भएन । ५ दिनको अस्पताल बसाई पछि डेरा फर्किदा मन मनै अब देखि म यी कुराहरुलाई हात लगाउने छैन भन्ने विश्वास आफैलाई दिलाउंदै थिए । सायद त्यो पल मेरो जीवनको महत्वपुर्ण पल सावित भयो । त्यो वेला देखि आज सम्म मैले रक्सी चुरोट खैनी मात्र होईन पान, पानपराग, गुट्खा र सुपारी धरी मुखमा हालेको छैन ।

आज मैले नशा छोडेको २३/२४ बर्ष भएछ ।कसैले लाखौ डलर दिन्छु एक पटक रक्सी वा चुरोट वा खैनी खा भनो भने पनि कुनै मुल्यमा पनि खान्न भन्ने आत्मविश्वास बढेको छ ।यो विचमा अरु विषयमा जे जस्तो भए पनि नशा सेवनको कारण श्रीमतीसंग झगडा गर्नु परेको छैन । छोराहरु पडाउन खासै समस्याहरु झेल्नु परेन । बस्नलाई एउटा घर छ। केही बैक व्यालेन्स छ ।श्रीमती र छोराहरु आत्मनिर्भर भएका छन् ।सायद जीवनको सम्पन्नता यही होला ।

त्यसैले सम्पन्नतामा लाग्ने रोगहरुले गाँज्न थालेकोछ । तर म चिन्तित छैन किनकी अब अस्पताल भर्ना हुने अवस्था आए छ भने पनि अस्पतालमा हेर्न आउने सबै आफन्त र शुभचिन्तकहरुले म परिवार प्रति ज़िम्मेवार भईन भनेर शायद गाली गर्ने छैनन् ।

प्रतिक्रिया