शनिबार, फागुन ४ २०७५
काठमाडौं २३:५८
वासिङटन डिसी 13:13

मेरिल्याण्डका प्रहरीले व्यस्त राजमार्गमा गाडीमा छोरो जन्माउने महिलालाई सहयोग गरे

इनेप्लिज २०७५ माघ २ गते १:४७ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको एक राजमार्गमा दुर्घटना भएको अवस्थामा एक प्रहरीले आपतमा परेकी महिलालाई सहयोग गरि सकुसल सवारी साधन मै सुपुत्र लाभ गराउन मद्धत गरेका छन् । गत आइतबार जनवरी १३ तारिख राती ११ बजे मेरिल्याल्डको क्यापिटल बेल्टवे राजमार्गमा प्रहरीले सहयोग गरि सुत्केरी आमा तथा बच्चालाई मानवीय सहयोग गरि आमाछोरा दुवै सकुसल राख्न सफल भएका छन् ।

इसाई कनिङ्गम नामक प्रहरीले मेरिल्याण्डको अन्तरराज्य जोड्ने राजमार्ग ९५ को मेरिल्याण्डको कलेज पार्क नजदिकउनलाई कसैले कारमा महिला प्रभावकारी प्रसव-वेदनामा रहेको जानकारी दिएका थिए ।

प्रहरीले ढोका खोल्दा उक्त प्रसव पीडामा रहेकी २१ बर्षिय महिलाको बच्चा को टाउको बाहिर आई सकेको एनबिसीन्युज४ लाई बताएका थिए । महिलाले आफ्नो सवारी साधन मै छोरो पाए पछि बच्चालाई रुमालले बेरेर प्रहरीले सहयोग गरेका थिए । हाल दुवैजना को स्वास्थ्य राम्रो छ भने मेरिल्याण्ड राज्यको सिल्भर स्प्रिन्ग्स स्थित होलि क्रस अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरी कनिङ्गम काममा लागेको एक बर्ष पनि नपुगेको एनबिसीन्युज४ मा समाचार छ ।

तस्बिर :एनबिसीन्युज४

प्रतिक्रिया