मंगलबार, असार ३१ २०७६
काठमाडौं १९:५७
वासिङटन डिसी 10:12

दुखद समाचार : बाल्टिमोरमा प्युठान घर भएका ३८ बर्षिय प्रेम बिष्टको दुखद निधन,भोलि अन्तिम सस्कार गरिने(जनवरी १६ ,बुधबार)

इनेप्लिज २०७५ माघ २ गते ०:४१ मा प्रकाशित

 

 

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, 
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो…

नेपालमा प्युठान घर भएका र हाल अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएका ३८ बर्षिय प्रेम बिष्टको दुखद निधन भएको खबर छ । गत जनवरी १२ तारिखमा बाल्टिमोर स्थित एक होटल (अतिथि गृहमा) बिष्ट मृत अवस्थामा फेला परे पछि प्रहरीले मृतक बिष्टको पत्नीलाई खबर गरेको जानकारी प्राप्त भएको छ ।

साथै सोही दिन बाल्टिमोर स्थित नेपाली समुदायको छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) का वर्तमान अध्यक्ष अनु श्रेष्ठ वन्तलाई पनि नेपाली समुदायले खबर गरेका थिए । उक्त खबर पाए पछि बानाकी अध्यक्ष अनु श्रेष्ठ वन्त मृतक कि पत्नी संग गएर भेटघाट गरेको ईनेप्लिज डटकमलाई बताउनु भएको छ ।

वहाले यो समाचार सुन्दा आफू स्तब्ध भएको बताउदै यस्ले आफूलाई मर्माहत तुल्याएकाे बताउनु भयो । संस्था बाना तथा आफ्नो व्यक्तिगत तर्फ बाट दिवंगत आत्माको चीर शान्तिको लागि प्रार्थना गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट यसै बाट गर्नु भएको छ ।

स्व विष्टकाे अन्तिम संस्कार जनवरी १६ ,बुधबार मिलर्सभिल स्थित मेरिल्याण्ड क्रिमेसन सर्विसेसमा हुने भएको छ । दाह संस्कार ३ बजे दिउसो राखिएकोले मेरील्यान्डबासी तथा वरपर रहने नेपाली समुदायलाई अन्तिम संस्कार सस्कार कार्यक्रममा सहभागी हुन् अनुरोध गरिएको छ ।

अन्तिम संस्कार हुने स्थान :

Maryland Cremation Services,
408 Headquarters Dr. Suite 10,
Millersville, MD 21108
Date: 16 January 2019 Wednesday
Time: 3 PM

प्रतिक्रिया