बिहीबार, वैशाख ५ २०७६
काठमाडौं २२:२९
वासिङटन डिसी 12:44

बाल्टिमोरमा थप नेपाली भाषा कक्षा संचालन

महेश भट्टराई २०७५ माघ १ गते २२:३२ मा प्रकाशित

TEC Nepalese Society, Baltimore द्दारा January 1st week बाट नेपाली भाषा कक्षा सफलतापूर्वक संचालनमा गरिएको छ । Security square महल नजिक रहेको Tuscany wood Apartment मा कक्षा संचालन भै रहेको छ ।

हाल लाई सबै शिक्षकहरूले निशुल्क स्वयमसेवकको रूपमा पढाई रहेका छन । कुनै पनि आफ्नो भवन र स्थानको अभावमा आलोपालो गरि शिक्षकहरूको living room मा कक्षा संचालन गरिरहेका छन। लाइब्रेरी वा अन्य टाढा स्थानमा कक्षा संचालन सबै संग निजि कार र यातायातको समस्याले गर्दा apartment मा शुरू गरेको शिक्षिकाहरू बताउछन ।

हाललाई Pre k to 1st grade – junior र 2nd grade – 5 th grade – Senior गरि दुई कक्षा संचालन हुदै आएको छ ।हाल बिध्यार्थिहरूको संख्या करिव ३० रहेको र अझै बढ्न सक्ने शिक्षिकाहरू बताउछन । हाल सम्म निशुल्क रूपमा कक्षा संचालन गरिएको छ ।

भबिष्यमा बिध्यार्थिहरूको संख्या बढ्दै गएमा अभिभावकहरू संग छलफल गरि स्थान, शुल्क निर्णय गर्ने र दिर्घकालिन योजना वनाउने TEC Nepalese Society ले जनाएको छ ।

TEC Nepalese Society Baltimore र Howard county(Tuscanywood/Security square mall, Catonsville, Ellicott City, Elkridge, Columbia) वरपर बस्ने नेपालीहरूको एउटा सामाजिक समुह हो । जहाँ हाल सम्म कुनै नेपाली राजनिती, पद, पैसा र प्रतिष्ठाको फोहोरी राजनिती छिरेको छैन ।

आपसी सल्लाह गरि आलोपालो गरेर नेतृत्व र कार्यक्रमहरू संचालन गर्ने गर्छन र आर्थिक पारदर्शितामा अब्बल मानिन्छ ।

त्यस क्षेत्र वरिपरी बस्ने कुनै अभिभावकले बिध्यार्थि भर्नाके लागि सम्पर्क गर्नु परेमा निम्न शिक्षिकाहरू संग सम्पर्क गर्न सक्नु हुन्छ ।

यमुना गौतम – 4433747184
सुधा सापकोटा – 2408135186

प्रतिक्रिया