सोमबार, असार २ २०७६
काठमाडौं १६:२६
वासिङटन डिसी 06:41

महिला टी–ट्वान्टी : युएईलाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

इनेप्लिज २०७५ पुष ३० गते १०:१८ मा प्रकाशित

काठमाडौं, ३० पुस । नेपाल महिला टी–ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनलमा पुगेको छ । थाइल्याण्डमा जारी प्रतियोगितामा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

आफ्नो उत्कृष्ट प्रदर्शन कायमै राख्ने क्रममा नेपालले सोमबार लगातार तेस्रो खेल जितेको हो ।

बैंककमा युएईले दिएको १०६ रनको लक्ष्य नेपालले १९ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा ओपनर सिता राना मगरले ३७ रन जोडिन् । यस्तै काजल श्रेष्ठले २५, र इन्दु बर्माले १३ रन बनाइन् ।

युएईका इशा ओजा, हुमाईरा तास्निम र चमानी सिनेभिरात्नेले एक एक विकेट लिए ।

बैंककमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १०५ रन बनाएको थियो । युएईका छाया मुगालले ३१ तथा इशा ओजाले २८ रन बनाईन् । नेपालकी सोनु खड्का, सिता राना मगर र करुणा भण्डारीले एक एक विकेट लिए ।

सोमबारको जितसँगै ३ खेलबाट ६ अंक जोडेको नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्डसंग खेल्नेछ ।

प्रतिक्रिया