बुधबार, माघ १२ २०७८
काठमाडौं ०१:०९
वासिङटन डिसी 14:24

गो-फन्डमा मेक्सिकोको पर्खाल बनाउन उठाइएको २ करोड डलर दाताहरुलाई फिर्ता गरिने

विजय थापा २०७५ पुष ३० गते ०:३६ मा प्रकाशित

मेक्सिकोको पर्खाल बनाउन गोफन्डमा उठाइएको २० मिलियन डलर अर्थात् २ करोड डलर भन्दा ज्यादा रकम दाताहरुलाई फिर्ता गरिने भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले सन २०१६ मा आफू राष्ट्रपतिको उम्मेदवार बने पछि मेक्सिको पर्खाल बनाउने उनको पहिलो कार्यसूची भएकोले व्यक्तिगत रुपमा गो फण्ड निर्माण गरि संकलन गरिएको रकम लक्ष्य नपुगे पछि दाताहरुलाई फर्काउने भएको छ ।

मेक्सिकोको पर्खाल बनाउन सुरु गरिएको अभियानको लक्ष्य १ विलियन डलर अर्थात् एक अर्ब डलर राखिएको भएता पनि केवल २० करोड डलर भन्दा ज्यादा मात्र उठे पछि उक्त रकम फिर्ता गरिने समाचार बाहिर आएको छ ।

राष्ट्रपति ट्रम्पले कंग्रेस संग मेक्सिको सीमामा दुई सय ३४ माईल लामो पर्खाल बनाउन ५.७ अर्ब माग गरेका छन् । अमेरिकी कंग्रेसले उक्त रकम पारित नगरेपछि आज आइतबार २३ दिन देखि सरकार बन्द छ । राष्ट्रपति ट्रम्पले संघीय सरकारसंग उक्त रकम मागेका भएता पनि फ्लोरिडाका ब्रायन कोल्फेजले राष्ट्रपति ट्रम्पलाई सहयोग गर्न व्यक्तिगत रुपमा गो फन्ड खोलेका थिए ।

हाल सम्म ३ लाख २५ हजार भन्दा ज्यादा दाताहरुले गो फन्डमा २० मिलियन डलर दिएका थिए । गत शुक्रबार जनवरी ११ तारिख आफ्नो पर्खाल अभियानको सामाजिक संजाल (वेबसाइट) मा गो फन्ड द्वारा संकलन गरि रहेका कोल्फेजले संघीय सरकारले उक्त रकम स्वीकार नगर्ने जनाएका छन् ।

उक्त रकम कंग्रेसले स्वीकार गर्नु पर्ने हुन्छ । उनले एक अन्तर्वार्तामा हाल अमेरिकी तल्लो सदन अर्थात् बिधान सभामा डेमोक्रेटिक दलको बहुमत भएकोले स्वीकार नहुने बताएका छन् ।

कोल्फेजले फ्लोरिडामा गैर मुनाफा संस्था दर्ता गराउदै संस्थाको नाम नै ” वि विल्ड द वाल ” अर्थात् ‘हामी पर्खाल बनाउने छौ ‘राखेका थिए । गोफन्डमि ले दाताहरुले दिएका रकम अन्य कुनै संस्थालाई दिन चाहेमा सिधै पठाउन सक्ने छ भने नचाहेमा दाताको खाता मै गो फन्डले रकम जम्मा गरि दिने छ ।

यस बिषयमा डिपार्टमेन्ट अफ होम ल्याण्ड सेक्युरिटी तथा ट्रम्प प्रसाशन संग कुनै टिप्पणी माग्दा कुनै प्रतिक्रिया जनाएका छैनन् । लक्ष्य नपुगेता पनि गो फन्ड ले अझ पनि पैसा संकलन जारी राख्न सक्दछ भनि न्यूयोर्क टाइम्समा समाचार छ ।

तस्बिर स्रोत: द हिल डटकम

प्रतिक्रिया