अमेरिकी सरकार आंशिक बन्द ईतिहास कै सर्वाधिक लामो

विजय थापा २०७५ पुष २९ गते १५:१२ मा प्रकाशित

जनवरी १३ ,डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भै रहेको समयमा सरकार सर्वाधिक लामो आंशिक बन्द दिन हुन् पुगेको छ । जनवरी १३ तारिख आइतबारका दिन सम्म आई पुग्दा अमेरिकी सरकार आंशिक बन्द भएको २३ दिन भएको छ ।

ईतिहास कै सर्वाधिक लामो संघीय सरकार आंशिक बन्दले नया किर्तिमान कायम गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा यो ईतिहास रचिएको छ । अमेरिकी सरकार यो भन्दा अगाडी पनि पटक पटक यसरी बन्द हुने गरेको ईतिहास छ । सन् १९९५ -१९९६ मा पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको पालामा २१ दिन सरकार आंशिक बन्द भएको थियो ।

यसै गरि अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाको पालोमा १६ दिन संघीय सरकार बन्द भएको थियो । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको पालोमा पनि केही दिन सरकार बन्द भएको ईतिहास छ ।

अमेरिकी ईतिहासमा प्रथम पटक सन् १९७६ मा संघीय सरकार सरकार बन्द भएको थियो । यो बन्द हुनुको मुख्य कारण नै ट्रम्पले मेक्सिको सीमामा दुईसय ३४ माईल लामो पर्खाल बनाउन ५.७ अर्ब डलर कंग्रेस संग माग गरेका थिए । हाल अमेरिकी प्रतिनिधि सभामा डेमोक्रेटिक दलको बहुमत भएकोले उक्त राष्ट्रपति ट्रम्पले माग गरे अनुसार रकम दिन नसक्ने अडान लिए पछि २३ औ दिन सम्म सरकार आंशिक बन्द हुन् पुगेको हो ।

वार्ताबाट बजेट निकास समाधान नभए राष्ट्रिय संकटकाल लगाउने ट्रम्प तयारीमा छन् भने व्हाइट हाउसले दर्जनौ अधिवक्ताहरु भर्ना गर्ने तयारीमा रहेको संचार माध्यमले जनाएका छन् । सीमा पर्खालको विषयमा संकटकाल लगाउनु उचित नहुने डेमोक्र्याटले बताउदै आएका छन् ।

आंशिक सरकार बन्दको कारण आठ लाख कर्मचारी प्रभावित भएका छन् । उनले अमेरिकी जनताको नाममा राष्ट्रिय सम्बोधन गरेता पनि निकास भने निस्किएको छैन ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया