रौतहटमा अर्को चिनी उद्योगले सञ्चालनको सम्पूर्ण तयारी पूरा गरेको छ । माघको पहिलो हप्तादेखि उद्योग सञ्चालनको लागि तयारी भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ ।
रौतहटको कटहरिया नगरपालिका वार्ड नम्बर ९ डुमरियामा १ अर्ब २५ करोड रुपैयाको लागतमा करिब ११ बिगाहा क्षेत्रफल ओगटेर स्थापना भएको बाबा बैजुनाथ सुगर केमिकल इन्डस्ट्रिजले सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा गरेको उद्योगका अध्यक्ष बैजु बाबराले जनाएका छन् ।
गत तीन वर्षदेखि निर्माण भइरहेको उद्योगको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको र अब किसानहरुसित उखु खरिद गर्ने चलान पूर्जी छपाइको काम सुरु भएको सञ्चालक बाबराले जनाएका छन् । उद्योगले चालू आर्थिक वर्षमा कम्तीमा दश लाख क्वीन्टल उखु क्रसिङ गर्ने अनुमान छ ।
उद्योग सञ्चालनमा आएपछि कम्तीमा पाँच सय जनाले रोजगारी पाउने विश्वास गरिएको छ ।
जिल्लामा सबैभन्दा ठूलो लगानीको उद्योगको रुपमा रहेको श्रीराम सुगर मिल्सपछि बाबा बैजुनाथ दोस्रो ठूलो उद्योग हो । उद्योग सञ्चालनमा आएपछि जिल्लाका किसानले निकै राहत पाउने देखिएको छ । उद्योगले आन्तरिक रुपमा किसानलाई उखु ल्याउने चलानको छपाइको काम सुरु गरेको थाहा पाएपछि किसानहरु उद्योगमै धाउन थालेका छन् ।
पत्रकार/लेखक
प्रतिक्रिया