गायक समिर आचार्य र गायिका बिद्या तीवारीको नयाँ गीत “घाममा सुकाईदेउ” सार्वजनिक भएको छ । मेरो दुनियाँ बेग्लै छ , पिचरोड, घिनघिन बज्यो मादलु ,हैन भन्देउन लगायतका चिर्चित गीतका गायक समिर आचार्य र नेपाल आईडल तथा भ्वाईस अफ नेपालबाट चर्चामा रहेकी पिचरोड गायिक बिद्या तीवारीको नयाँ गीत “घाममा सुकाईदेउ” डप मोसन पिक्चस्को युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।
घाममा सुकाईदेउ गीत गायक समिर स्वयंले लेखेका र संगीत भरेका हुन् । आँचल शर्मा र मन्जिल बस्नेतको अभिनय रहेको यो गीतलाई राम कुमार केसीको छायांकनमा टेकेन्द्र शाहले निर्देशन र सम्पादन गरेका हुन् । विसाल काफ्ले प्रवद्र्धक रहेको भिडियो स्याडोज क्रियशनको पोष्ट पोडक्सनमा बजारमा आएको हो ।
युवा पुस्ता लक्षित “घाममा सुकाईदेउ”लाई मनोज बस्नेतले निर्माण गरेका हुन् । बस्नेत यस अघिको बिद्या र समिरको पिचरोडका पनि निर्माता हुन् ।
पिचरोडले हासील गरेको सफलता संगै आएको यो गीतमा गायक गायिकासंगै नायिका आँचल शर्मा ,निर्माता निर्देशक लगायतको पिच रोड टिम दोहोरिएको छ । पौने ३ करोड दर्शकले हेरेको पिच रोड भन्दा अझ राम्रो दर्शक कमाउन सक्ने सम्भावना बोकेको यो गीत सार्वजनिक भएको १ दिन नबित्दै करिव साडे ३ लाख दर्शकले हेरिसकेका छन् ।
नेपाली लोक साहित्यमा पहिलो बिद्याबारिधी गरेका गायक तथा संगीतकार गोविन्द आचार्यका छोरा गायक समिर आचार्य पछिल्लो समय चर्चामा रहेका गायक हुन् । सांगीतिक पृष्टभुमी बोकेको परिवारबाट आएका यि गायक एक पछि अर्को हिट गीत दिईरहेका छन् ।
त्यस्तै नेपाल आईडलबाट नै चर्चा बटुलेकी बिद्या तिवारी भ्वाईस अफ नेपालकी शिर्ष ८ प्रतिष्पर्धी हुन् । ग्राण्ड फिनालेमा समेत उनको प्रस्तुती दर्शकले अत्याधिक मन पराएका थिए । गायिका तिवारीका यस अघि मेरो मनको ढोका हेल्लो हाई, मात्तिने चाहना लगाएतका गीतलाई स्रोता दर्शकले प्रशंसा गरेका थिए । सानै बाट गीत गाउँदै सबैखाले गीतमा उत्तीकै दक्षता राख्ने तिवारी सांगीतिक क्षेत्रमा छोटो समयमा नै चर्चा कमाउन सफल गायिका हुन् ।
प्रतिक्रिया