“सर्जकसंग एकसाँझ” मा हरि अधिकारीका एक दर्जन कविता

इनेप्लिज २०७५ पुष २८ गते ४:४५ मा प्रकाशित

समाचार दाता

सिर्जना उत्सव, बोस्टनले आयोजना गरेको “सर्जकसंग एकसाँझ” कार्यक्रममा साहित्यकार हरि अधिकारीले एक दर्जन कविता वाचन गरेका छन् | नेपाली पत्रकारिता र साहित्यमा चर्चित व्यक्तित्व अधिकारीले अमेरिकाको बोस्टन साहित्यिक रुपले अत्यन्तै उर्वर रहेको बताउदै सिर्जनाको निरन्तरताले सर्जकलाई सिर्जनात्मक रुपले परिस्कार गर्न मद्दत पुग्ने बताए | कार्यक्रममा सिर्जना उत्सव परिवारका सबै साहित्यिक सदस्यको सिर्जना शक्ति उच्च रहेको मूल्यांकन गर्दै आगामी दिनमा पनि कार्यक्रमको निरन्तरताको कामना गरे |

नमस्ते नेपाली रेस्टुरेण्टमा आयोजना गरेको कार्यक्रममा हरि अधिकारीका साथमा सुशील नेपाल , गोवर्धन पूजा , दीपा राई पुन , अनु शाह, महेश्वर पन्त, कृष्णराज खनाल, हरि काफ्ले, गौरव थपलिया, थानीरत्न कंडेल, लव अधिकारी, सुमन नेपाललगायतले सिर्जनावाचन तथा मन्तव्य व्यक्त गरे |

छ वर्षअघि अमेरिकाको बोस्टनमा सुरु भएको सिर्जना उत्सवले प्रत्येक महिनाको अन्तिम आइतवार सिर्जना उत्सव गर्दै आएको छ भने बाहिरबाट आएका साहित्यकारको सम्मानमा रात्रिभोजको आयोजना गरि “सर्जकसंग एकसाँझ” कार्यक्रम गर्दै आएको छ |

प्रतिक्रिया