आइतबार, चैत १० २०७५
काठमाडौं ०९:१७
वासिङटन डिसी 23:32

अब नेपाल फर्कौ

सुशील निरौला २०७५ पुष २७ गते २३:४९ मा प्रकाशित

अमेरीका आएको पनि दश बर्ष नाघेछ ।छोराहरु पनि आफनो गरी खाने भए । संसार के रहेछ भन्ने पनि हेरीयो देखियो र भोगियो ।गफ हाकेर सिन्को नभाचिं पनि तलव खाईयो । रा त विरात शनिवार छुट्टी नभनी १६/१८ घन्टा सम्म काम गरेर पनि जीवन चलाईयो । जीवनको दुख के हो । सुख के हो भन्ने पनि भोगीयो। अभाव र सम्पन्नताको रसस्वादन पनि गरीयो ।

अब बाँकी छ त केवल आत्मसन्तुष्टि लिएर जीवन रहे सम्म बाँच्ने । आत्मसन्तुष्टि विदेशको परिवेश र सम्पन्नताले दिन सक्छ जस्तो लागेन ।
त्यसैले वुढी अब नेपाल फर्कौ । तिमी के भन्छौ ?

नेपाल फर्केर के गर्ने र ? हजुरको जागिर पनि छैन । महँगी दिनानु दिन बढेकैछ । खर्च कसरी धानिएला र ?

त्यसो होईन । बस्नलाई एउटा घर छदैंछ । थोरै भएपनि मेरो जागिरको पेन्सन पनि आईनै हाल्छ । यहाँ र नेपालमा हाल सम्म बचाएको अलीअली बचत पनि छदैछ । त्यसले घर चलाउन खासै समस्या पर्दैन । खानै नपाउने अवस्था त अब नआउला की ? अब दशा नै लागो भने त यो विदेशी भुमीमा पनि त हालत त त्यस्तै हो क्यार ।

त्यो त हो । तर छोराहरु के भन्छन ?

फेरी हामी उहाँ उनीहरु यहाँ।

यहाँ पनि कुन चैं उनीहरु हामी संगै छन् र । फेरी हामी नेपाल गएर बस्यौ भने उनीहरुलाई पनि नेपाल वेला वेलामा आईरहने वहाना मिल्छ । यसरी उनीहरुको नेपाल सम्बन्ध पनि कायम रहन्छ । उनीहरुका भावी सन्तानले पनि हाम्रा पुर्खाहरुको देश भनेर चिन्ने मौका पाउने छन् ।

त्यसो भए अमेरीकाको नागरिकता लिएर जाउँ न त ! छोराहरुको चाहाना पनि त्यही भए जस्तो छ ।

त्यसो होईन वुढी ! विगत १० बर्ष देखि विदेशमा दोश्रो दर्जाको नागरिक भएर बसियो । जसका पिडाहरु आफ्ना ठाउँमा रहे । अब जन्मेको देश, जहाँ जीवनका ४५/४६ बर्ष विताईयो। त्यहाँ फर्किदा फेरी दोश्रो दर्जाको नागरिक भएर फर्कने ? त्यसरी हुदैंन । हामी नेपाल फर्किदा नेपाली नागरिक कै हैसियत लिएर मात्र फर्कने ।

त्यो त हो । तर फेरी फेरी अमेरीका आउनलाई समस्या हुन्छ नी त ?

पहिलो कुरा यो देशको कानुन बमोजिम पाएको आवासीय सुविधा कानुन बमोजिम नै छोडेर जाने हो । त्यसरी छोडेर गए पछि आवश्यक पर्दा पर्यटक भीसा दिईनै हाल्ला । लौ दिएन छ भने पनि त्यत्रो देखेर भोगेर बसेर गए पछि किन आउनु नै पर्यौ फेरी पनि ?

छोरा बुहारी नाती नातीनी हरु हेर्न आउनु पर्दैन ?

पर्छ । त्यसका लागि हामी नै आउनु पर्छ र ? उनीहरु पनि त आउन सक्छन नी ! मैले अघि नै भने नी हामी आउन पाएनौ भने झन उनीहरु पटक पटक आउन बाध्य होलान नी । उनीहरुका पनि छोराछोरी भए पछि जव छोरा छोरीले हाम्रो grandma, grandpa खोई? हामीलाई भेट गराई देउ भनेपछी बाध्य भएर पनि नाती नातीनी लिएर नेपाल आई हाल्छन नी !

नाती नातीनाले त्यसो भनेन भने नी ?

अब आफनो हजुरबाआमाको खोजी खबर र चासो नै नराख्ने नाती नातीनी भएछन् भने एक तर्फी माया देखाएर मात्रै त के होला र !

त्यो ता हो !

त्यसो हो भने अब नेपाल फर्कौ वुढी !

नेपाल गए पछि गाडी हुदैंन । यहाँ गाडीमा हिन्दा कति आनन्द छ । नेपाल गए पछि गाडी किनिदिने हो त ?

यहाँ गाडी आवश्यकता हो । सोख होईन । नेपालमा हामी जस्ताको लागि गाडी सोखको विषय हो । जुन मवाट सम्भव छैन ।फेरी नेपालमा गाडी नै किन चाहियो र ! दैनिक हाटवजारको लागि एउटा स्कुटी किनौंला । त्यसले काम चलिहाल्छ । बर्षमा २/४ पटक सहभागी हुनु पर्ने सभा समारोह ( विवाह आदी) को लागि टेक्सी प्रयोग गर्दा भई हाल्छ ।

त्यो त हो !

त्यसो भए लु अब नेपाल फर्कौ !

अनी सन् २०२० मा फर्कने भनेको होईन । अहिल्लै देखि के को हतार नी ?

फर्कन त सन् २०२० सम्ममा नै फर्कने हो । तर फर्कने नै भए पछि धेरै कुराको चाजों पाजों मिलाउनु पर्यो । पहिलो कुरा मानसिक रुप मै हामी तयार हुनु पर्यो । अमेरिकामा रहेको व्यवहारलाई विस्तारै व्यवस्थित गर्ने र नेपालमा ट्रान्सफर गर्नु पर्यो।नेपालमा बस्नु पर्ने घरको रिनोभेशनको तयारी गर्नु पर्यो ।
परिवार, आफन्त र साथीभाईको विचार बुझनु पर्यो । त्यसैले अहिले वाटै मोटामोटी रुपमा तयारीको मानसिकता बनाउँदा राम्रो होला की ?

त्यो त हो ।

त्यसो भए नेपाल फर्कने तयारी सुरु गरौ त वुढी ?

केही समय पर्खिस्योस् । म फेरी छोरा बुहारीहरु संग सल्लाहा गरेर भनौला ।

हवस् । तिम्रो सकारात्मक उत्तरको व्यग्रताका साथ प्रतिक्षा रहनेछ ।

प्रतिक्रिया