कर्मचारी लुटतन्त्र कहिलेसम्म?

इनेप्लिज २०७५ पुष २७ गते २२:५० मा प्रकाशित


अस्ट्रियाको राजधानी भियनामा भइरहेको “फेरियन मेसे वीन”, छुट्टी र यात्रा सम्बन्धी सबभन्दा ठुलो कार्यक्रम(Ferien Messe Wien, Austria‘s largest holiday and travel show) मा नेपालले प्रति वर्ग मिटर झण्डै १४४ युरो तिरेर पर्यटन प्रर्वधनको लागी नेपाली राजदुतावासको पहलमा सहभागिता जनाउनु सार्है गर्वको कुरा थियो किनकि ७० देशका ८०० प्रर्दशनकारीहरु र लाखौं आगन्तुकहरुको माझमा अन्तर्राष्ट्रीय प्रदर्शन गर्नु गर्वको कुरा हो। तर जुन किसिमले नेपालको प्रदर्शन गरिएको छ त्यो निकै फितलो भयो। कला, संस्कृति, पर्यटन प्रवर्धन र प्रचारको आभाष खासै झल्केको छैन। न त स्टलको सजावट नै त्यो किसिमको भएको छ।

अन्तर्राष्ट्रीय होटेल कर्मचारीको नाताले म स्वयं आगन्तुकको रुपमा आज ११ जनवरी २०१९ मा भ्रमण गरेको थिए। म नेपालको स्टलमा पुग्दा जुन दृश्य देख्न पुगे, त्यसले मलाई मेरो सहकर्मीहरुको अगाडी लज्जित तुल्यायो। दुई नेपाली पुरुष र एक बिदेशी महिला नेपालको स्टलमा थिए। एक पुरुष कुर्सीमा बसेर मोबाइल फोन चलाइरहेका थिए भने दोश्रो पुरुष स्टलमा रहेकी बिदेशी

महिला सहकर्मीलाई अंगालो हालेर गफ चुट्नमा मस्त थिए। अनुशासितरुपमा सहकर्मीसंग गफ गर्नु ठुलो कुरा होइन तर प्रेमिकासंग बसेझै अंगालो हालेर काममा बस्नुलाई पाश्चात्य संस्कृतीले पनि अनुशासनहीनता नै मान्छ र कार्यालय समयमा यस्तो काम भएमा तुरुन्तै बर्खास्त पनि हुन्छ। जब हामी स्टलतर्फ बढ्ने कोसिश गर्यौ तब उनी ज्याकेट लगाएर बाहिर जान खोजेको अभिनय गर्दै बसे। मैले उनको फोटो खिच्न खोजे तर उनी ढाड फर्काएर बसे। अन्तर्राष्ट्रीय प्रदर्शनमा नेपाल सरकारका कर्मचारीको लुटतन्त्र आफ्नै आखाले भोग्न पाएकोमा अभागी महशुस भयो।
पहिला पहिला बुढापाका भन्ने गरेको उखान “राजाको काम कहिले जाला घाम?” भने झै यस्ता अनुशासनहीन र जिम्मेवारीविहीन कर्मचारीको लुटतन्त्रको कारण नेपालको छवी अन्तर्राष्ट्रीय स्तरमा कहिले पनि माथी उठ्न सकेको छैन। जहां जहां नेपाल सरकारका बिल्ला लगाएकाहरु जान्छन, त्यहा यस्तै वहियात काम हुनु कुनै नौलो कुरा होइन तर यो लुटतन्त्र कहिले सम्म जारी रहन्छ?

राजदुतावासले पक्कै पनि राष्ट्रको ढुकुटीबाट यो कार्यक्रममा सहभागिता जुटाएको हुनुपर्ने मेरो अनुमान छ तर पैसा खर्च गरेर त्यो सरकारीस्तरको कमजोर व्यवस्थापनको असक्षमता प्रदर्शन गर्नु भन्दा भियनामा रहेका निजी स्तरका एन आर एन वा अन्य नेपाली संघसस्थालाई जिम्मेवारी सुम्पेको भए, साच्चिकै सहभागिता फलदायी हुन्थ्यो र नेपालीहरुले निजीस्तरबाट धेरै राम्रो र व्यवस्थितरुपमा काम गरेका छन। देशको लागी भनेपछि स्वयंसेवककोरुपमा पनि दिलोज्यान दिएर काम गर्ने गर्छन।

तर दुर्भाग्य, कहिले बोक्छन होला नेपाल सरकारका कर्मचारीहरुले पदीय दायित्व?

बाबा राजेश्वरी थापा ढकाल
भियना, अस्ट्रिया

प्रतिक्रिया