अग्नि पराजुलीले ल्याए “मेची काली “

इनेप्लिज २०७५ पुष २७ गते १५:०३ मा प्रकाशित

अग्नि पराजुली आफ्नो पहिलो गीति एल्वम “मेची काली” लिएर संगीत पारखिहरुको विचमा आएका छन् । हालै अमेरिकाको न्युह्यामसायरमा भएको शृजना उत्सवको ३९ औ शृंखला कार्यक्रममा स्थानिय साहित्यकार तथा संगीत प्रेमी मनहरुको विचमा उपश्थित सबैले संयुक्त रुपमा एल्वमको विमोचन गरेका थिए ।

कार्यक्रममा गितकार तथा साहित्यकार महेश्वर पन्तले पराजुलीका गीतहरुमा राष्ट्रियता र नेपाली संस्कृति सलल बग्न सकेको बताए । युवा पिढीका सशक्त साहित्यकार गोबर्धन पूजाले गीतको माध्यमबाट पराजुली देशलाई प्रवाशिसंग जोड्न सफल भएको जानकारी गराए । कार्यक्रममा अनेसास न्युह्यामसायरका अध्यक्ष कृष्ण गिरि लगायत उपश्थित सबैले गीतकार पराजुलीलाइ प्रवासी बिषय बस्तुमा अझ ससक्त रुपमा कलम चलाउन शुभकामना दिएका थिए ।

मेची काली एल्वममा रहेका पाँच वटा गीतहरुमा केहि राष्ट्रिय गित, आधुनिक गित तथा तिज सम्बधित नेपाली संस्कृति झल्काउने गितहरु रहेका छन् । पाँचै वटा गितहरुमा अग्नि पराजुलीका शब्दहरु छन् भने मेनुका पौडेल, टिका भण्डारी, राधिका हमाल, हरि लम्साल, मेनुका पौडेल, अजर जंगम, भुशन खतिवडा लगायतको स्वर साथै हरि लम्साल र टिका भण्डारीको संगीत गरेका छन् । एल्वममा रहेका पाँचै वटा गितहरुको भिडियो युटुव च्यानलमा समेत रहेको जानकारी गीतकार पराजुलीले दिए । यो गीति एल्वमको निर्माण स्वयम् अग्नि पराजुली र उमा पराजुलीले गरेका छन् भने कमलादेवी डिजिटल कम्पनीले बिक्रीवितरण गरिरहेको छ ।

गीतकार पराजुली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सदस्य पनि हुन् ।

प्रतिक्रिया