आइतबार, माघ ६ २०७५
काठमाडौं ००:१८
वासिङटन डिसी 13:33

अधिकारले टेक्ससमा टिपीएस कार्यक्रम गर्ने, नेपालीहरुले अस्थाई सुरक्षित दर्जा(टिपीएस) सुबिधा लिएका राज्यमा टेक्सस प्रथम ,न्यूयोर्क दोश्रो,क्यालिफोर्निया तेश्रो तथा मेरिल्याण्ड चौथो

विजय थापा २०७५ पुष २६ गते २३:३३ मा प्रकाशित

अमेरिकाको न्यू योर्क बाट सन् २०१५ देखि नै टिपीएस(अस्थाई सुरक्षित दर्जा)सम्बन्धि निरन्तर काम गर्दै आएको न्यूयोर्कको अधिकारले टिपीएस(अस्थाई सुरक्षित दर्जा) सम्बन्धि कार्यक्रम टेक्ससमा गर्ने भएको छ ।

युएससीआइएसको ताजा जानकारी अनुसार अस्थाई सुरक्षित दर्जा(टिपीएस) सुबिधा लिने सबै भन्दा ज्यादा टेक्सस राज्यबाट नेपालीहरुले उक्त सुबिधा लिएको तथ्यांकले देखाएको छ । यसै गरि नेपालीहरुले यो सुबिधा लिने अन्य राज्यहरुमा न्यूयोर्क दोश्रो,क्यालिफोर्निया तेश्रो तथा तथा मेरिल्याण्ड चौथो भएको छ ।

करिव १५ हजारले यो सुबिधा प्राप्त गरेको जनाएको छ । सबै भन्दा ज्यादा टेक्सस राज्यका नेपालीहरुले अस्थाई सुरक्षित दर्जा सुबिधा लिएकोले यस पटक ड्यालस को नेपाली समाज ,टेक्सस(एनएसटि )सँग को सहकार्यमा बिशेष कार्यक्रम गर्ने भएको छ ।

आगामी जनवरी २० तारिख आइतबारका दिन कार्यकम गर्ने भएको छ । कार्यकम बिहान १० बजे देखि १२ बजे सम्म हुने छ । गत अधिकारले नेपाली समुदायको हितको लागि बिशेष अस्थाई सुरक्षित दर्जा उपयोग गरि रहेका लाई मध्ये नजर गर्दै यो कार्यकम टेक्ससमा गर्न लागेको जनाएको छ ।

स्मरण रहोस ,आगामी फेब्रुअरी १० -१३ सम्म वाशिंगटन डीसी स्थित संसद भवन क्यापिटल हिलमा टिपीएस(अस्थाई सुरक्षित दर्जा) सम्बन्धि कंग्रेसलाई दवाव दिने तथा हाम्रो आवाज उनीहरु संग पुगोस भन्ने हेतुले अन्य बिशेष कार्यक्रमहरु सहित नेसनल टिपीएस एलाइन्स संग अधिकारले सहकार्य गर्दै छ ।

उक्त तीन दिन मध्ये फेब्रुअरी १२ तारिखमा सबै संग मिल्येर र्याली( जुलुस ) प्रदर्शन हुने हुनाले यस संग सरोकार तथा टिपीएस(अस्थाई सुरक्षित दर्जा)उपयोगकर्ता तथा सबैलाई उक्त कार्यकममा टेक्सस बाट पनि सहभागी हुन् सकिने छ भने अधिकारले यसै मार्फत अनुरोध गरेको छ ।

आगामी जुन २४ ,२०१९ देखि अस्थाई सुरक्षित दर्जा(टीपीएस)को अवधि समाप्त हुदै छ । यसै बिषय तथा यसैको सेरोफेरोमा समेत चर्चा तथा परिचर्चा गरिने छ । कार्यक्रम टेक्ससको अर्विङ्ग स्थित नेपाली समाज ,टेक्सस(एनएसटि)को भवनमा हुने छ । टिपीएस(अस्थाई सुरक्षित दर्जा) का विकल्पहरु के के हुन् सक्छन ? यस्का लागि स्थाई समाधान कसरी गर्न सकिन्छ ।

यस्तै बिषय लगायत अन्य जिज्ञाशाहरु समेतलाई समेट्ने र जानकारी दिने उद्धेस्यले आयोजना गरिएको हो । यो सुबिधा प्राप्त गरेकाहरु लगायत अन्य कसैको जिज्ञाशा रहेमा उपस्थितिको लागि सबैमा आग्रह गरिएको छ ।

प्रवेश शुल्क नि:शुल्क रहने छ भने यहाँहरुका टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपीएस) सम्बन्धि कुनै पनि जिज्ञाशा रहेमा उपस्थिति हुन् नेपाली समुदायलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया