आइतबार, चैत १० २०७५
काठमाडौं ०८:३१
वासिङटन डिसी 22:46

डेमोक्र्याटभन्दा चीन भद्रः ट्रम्प

इनेप्लिज २०७५ पुष २६ गते १६:४० मा प्रकाशित

संकटकालको सम्भावना बढ्दो

यादवराज जोशी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटभन्दा चीन भद्र भएको बताएका छन् । चीन अमेरिकाको ब्यापार र भुरानीतिक प्रतिद्धन्दी हो । दुई देशबीच विश्वव्यापार र राजनीतिमा अनेकन मतभेद र कडा प्रतिस्पर्धा छ ।

साँचो कुरा भन्छु, धेरै कारणले चक (शुमर) र नान्सी (पोलेसी) भन्दा चीन भद्र भएको मैले पाए, बिहीबार मेक्सिको सीमाको भ्रमण जानु अगाडि ह्वाईट हाउसमा ट्रम्पले भने । विपक्षी दलसंग वार्ता गर्नु भन्दा चीनसंग सजिलो हुने मलाई लाग्छ, उनले भने । उनले आफुले संकटकाल लगाउने पनि बताए ।

बुधबार ट्रम्प र डेमोक्र्याट नेता चक र नान्सीबीचको वार्ता बिना निस्कर्ष टुंगिएको थियो । वार्तामा ट्रम्पले तपाई सीमा पर्खालको मेरो प्रस्ताव समर्थन गर्नु हुन्छ भन्दै नान्सीलाई सोधेका थिए । उनले समर्थन गर्न सक्दिन भनेपछि अब वार्ताको कुनै औचित्य छैन भन्दै ट्रम्प बाहिर निस्केका थिए । उनले टेबलमा मुक्कि समेत बजारेका थिए ।

वार्ताबाट निस्केपछि ट्रम्पले गर्भमेन्ट सटडाउन अझै लम्बिने ट्विट गरेका थिए । ट्रम्पले मेक्सिको सीमामा दुईसय ३४ माईल लामो स्टीलको पर्खाल बनाउन ५.७ अर्ब माग गरेका थिए । अमेरिकी काँग्रेसले उक्त बजेट पास नगरेपछि हाल गर्भमेन्ट सटडाउन छ । सटडाउन १९ दिनमा प्रवेश गरेको छ ।

वार्ताबाट बजेट निकास समाधान नभए राष्ट्रिय संकटकाल लगाउने ट्रम्पले बताएका छन् । सीमा पर्खालको विषयमा संकटकाल लगाउनु उचित नहुने डेमोक्र्याटले बताउदै आएका छन् । उनीहरु तत्कालका लागि बजेट पास गरेर बाँकी विषय वार्ताबाट समाधान गर्ने पक्षमा देखिएका छन् । अर्को तर्फ राष्ट्रपति ट्रम्प सीमा पर्खालको लागि बजेट पारित नभएसम्म गर्भमेन्ट सटडाउन खोलने पक्षमा छैनन् ।

सटडाउन लम्बिदै जाँदा अमेरिकी संघिय सरकारका आठ लाख कर्मचारी प्रभावित भएका छन् । करिव चारलाख कर्मचारी पेचेक बिना काम गरेका छन भने त्यत्ति नै संख्याका कर्मचारीलाई बिदा दिइएको छ ।

स्रोतः सिएनएन, फक्स न्यूज र अन्य

प्रतिक्रिया