सोमबार, असार २ २०७६
काठमाडौं १६:२९
वासिङटन डिसी 06:44

जेफ बेजोस यस भूमण्डलका सर्वाधिक धनी व्यक्ति

इनेप्लिज २०७५ पुष २६ गते ११:४८ मा प्रकाशित

विश्वका सर्वाधिक धनी अमेजोनका जेफ बेजोस अमेरिकालगायत विश्वका धेरै मुलुकमा बजार विस्तार गर्दै गएको अमेजोनका प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस यस भूमण्डलका सर्वाधिक धनी व्यक्ति भएका छन । उन कम्पनी अमेजोन पनि विश्वको सबभन्दा महंगो कम्पनी भएको छ । अमेजोनको आज मंगलवार जनवरी ८, २०१९ का दिनको मूल्य ८ खर्ब १० अर्व अमेरिकी डलर रहेको छ । हिजोसम्मको महंगो कम्पनी माइक्रोसफ्टको मंगलवारको मूल्य ७ अर्ब ९० खर्ब डलर भए पछि अमेजोन सर्वाधिक महंगो कम्पनी भएको हो ।

अमेजोनका कार्यकारी प्रमुख जेफको १६ प्रतिशत लगानी छ । उनको लगानीका आधारमा कम्पनीको मूल्यबाट आम्दानी हेर्दा १ खर्ब ३५ अर्ब डलर देखिन आउछ । एक व्यक्तिको यति धेरै सम्पति अरु कसैको नदेखिए पछि जेफ विश्वकै धनी ब्यक्ति भएका हुन । अब जेफ बेजोसको सम्पति माइक्रोसफ्टका सञ्चालक विल गेट्सकोभन्दा ४० अर्व डलर बढी देखिन आउछ । जेफ बेजोसले अरु पनि धेरै कम्पनी खरिद गरिसकेका छन । यसमा राजधानीमा धेरै चलेको छापा मिडिया दी वासिंगटन पोष्ट पनि लिइसकेका छन । विद्युतीय संचारको माध्यामबाट खरिद आदेश लिएर विश्व बजारमा सामान आपूर्ति गर्र्ने अमेजोन आफ्ना कामदारलाई दिइने न्युनतम ज्यालादर सरकारको भन्दा बढी तोकेपछि सरकारका तर्फबाट मुद्धा दायर गरिएको थियो । जेफले उक्त मुद्दा जितेर कामदारलाई न्युनतम १५ डलर प्रतिघण्टा कायम गरेको हल्ला यस अघि नै बजारमा थियो । तर आज दुर्भाग्यबस अर्को समाचार आयो । बेजोस दम्पतिको २५ बर्षलामो दाम्पत्य यात्रा आजैदेखि टुंगिएको छ । जेफ र मेकेँन्जीले आजै पारपाचुके गरेको समाचार पनि बाहिर आएको छ ।

प्रतिक्रिया