ग्ल्यामर फोटोग्राफर राजिब श्रेष्ठको कल्चरल फोटोग्राफी

इनेप्लिज २०७५ पुष २६ गते ११:४० मा प्रकाशित

नेपालको ग्ल्यामर फोटोग्राफिको जगतमा नाम कमाएका फोटोग्राफर राजिब श्रेष्ठ एक दशक अगाडिसम्म एक चर्चित नामका रुपमा रहँदै आएका थिए । त्यतिबेला हरेक पत्रपत्रिका उनले खिंचेका सुन्दर र आकर्षक तस्बीरले सजिएको देख्न पाईन्थ्यो । तर अहिले उनका तस्बीरहरु त्यति छापामा नदेखिनुको भनेको उनको अमेरिका प्रवास हो । बहत्तर सालमा आएको विनाशकारी भुकम्प र त्यसको लगत्तै छिमेकी राष्ट्र भारतले नेपालमाथि लगाएको नाकाबन्दिको कारण देशको अर्थतन्त्रमा परेको दुष्प्रभावले गर्दा उनको ग्ल्यामर फोटोग्राफि व्यवसाय पनि धरापमा प¥यो र त्यसपछी अमेरिकामा गएर केही गर्छु भनि उतै लागेका राजिब श्रेष्ठ अहिले केही दिनका लागि आफ्नो मातृभुमि नेपाल आएका छन् ।

छोटो बिदामा नेपाल आएका राजिब श्रेष्ठको नेपालको दिनचर्या अति नै व्यस्ततामा बितिरहेको भए पनि उनलाई फोटोग्राफिको ईच्छाले पनि छोडेको छैन । विगतमा विशेष गरेर ग्ल्यामर फोटोग्राफीमा रमाउने गरेका फोटोग्राफर श्रेष्ठले अमेरिकामा पनि ग्ल्यामर फोटोग्राफीलाई नै आफ्नो पेशाका रुपमा अपनाउने अवसर हासिल गरेका छन् । ग्ल्यामर फोटोग्राफीमा रमाउने भए पनि उनले आफु पहिला नेपालमा रहँदा पनि होलि,तिहार,तीज जस्ता साँस्कृतिक पर्वहरुलाई आफ्नो क्यामेरामा कैद गरेका थिए भने अमेरिकामा पनि त्यस्ता साँस्कृतिक अवसरहरुलाई आफ्नो क्यामेरामा कैद गर्ने अवसर छोडेनन् ।
यही कार्यलाई निरन्तरता दिंदै फोटोग्राफर राजिब श्रेष्ठले नेपालमा बिदा मनाउने क्रममा पनि हिजो बुद्धबार एउटा फोटो शेशन गरेका छन् भने त्यो फोटोशेशनमा उनले काठमाण्डौंका नेवार कल्चर झल्कने खालको फोटोशेशन गरे । यसरी लामो समय पछी आफ्नो मातृभुमिमा आफ्नै संस्कृति झल्कने खालको फोटो खिंच्न पाउँदा आफु ज्यादै हर्षित भएको कुरा उनले बताए । कलानगरीको रुपमा ख्याति कमाएको ललितपुरको दरबार स्क्वायर मंगलबजार वरिपरी सम्पन्न गरिएको सो फोटोशेशनमा नेपालभाषाको कला क्षेत्रका चर्चित कलाकार एवं मोडल शोभा महर्जन प्रमुख मोडलका रुपमा सहभागी भईन् भने उनलाई नव उदियमान मोडल समिधा श्रेष्ठले साथ दिईन् ।

यी नवउदियमान मोडल अरु कोही नभएर उनै वरिष्ठ फोटोग्राफर राजिब श्रेष्ठकी सुपुत्री हुन् भने सो फोटोशेशन कार्यमा उनलाई उनकै पुत्र समृद्द श्रेष्ठले सहकर्मि फोटोग्राफरका रुपमा सघाए । यस्तै गरी नेपालका वरिष्ठ मेकप आर्टिष्ट सन्तु तामाङ्गले सो फोटोशेशनमा सृंगार कलाकारका रुपमा सघाए । धेरै वर्ष पछि नेपाल आउँदा यसरी आफ्ना पुराना मित्र सन्तु तामाङ्ग सहितको टोलिको साथ पाउँदा आफु सा¥है खुशी भएको राजिब श्रेष्ठले बताए । यस्तै गरी यो अन्तरालमा आफ्नै छोरी मोडलको रुपमा हुर्की सकेको र आफ्नो छोरा एक फोटोग्राफरका रुपमा काम गर्ने भईसकेको देख्दा भाव विभोर भएको कुरा उनले सुनाए । यसपालि छोटो विदामा नेपाल आएको हुनाले फोटोग्राफी सम्बन्धी अरु काम गर्न नभ्याएको र पछि आउँदा चित्तबुझ्ने गरी ग्ल्यामर र कल्चरल दुबै खालका फोटोग्राफी गर्ने सोच रहेको कुरा पनि वरिष्ठ फोटोग्राफर राजिव श्रेष्ठले प्रतिबद्दता पोखे ।

प्रतिक्रिया