सोमबार, असार २ २०७६
काठमाडौं १६:२६
वासिङटन डिसी 06:41

डीसी महानगर सप्ताह महापुराण सम्बन्धि बिभिन्न समितिमा सामुदायिक अभियन्ताहरुलाई कामको बाडफाँड 

इनेप्लिज २०७५ पुष २६ गते २:१९ मा प्रकाशित

डीसी महानगर क्षेत्रको भर्जिनियामा नेपाली सांस्कृतिक केन्द्र निर्माण हेतु सप्ताह महापुराण आयोजक समिति सम्बन्धि बिभिन्न समितिमा विभिन्न सामाजिक अभियन्ताहरुलाई कामको बाडफाड गरि जिम्मेबार दिइएको छ ।

गत जनवरी ७ तारिखका दिन दुर संचार प्रणाली माध्यम बाट भएको बैठकमा यस भेकमा रहेका सामुदायिक अभियन्ताहरुले आफूलाई प्रदान गरेको कामको जिम्मेवार बहन गर्ने भएका छन् ।  उक्त बैठक बाट केही महत्वपूर्ण निर्णयहरु गरिएका छन् । उक्त भेलामा ४० जना भन्दा ज्यादा समुदाय सदस्यहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम ७ बजे सुरु भै ९ बजे करिव दुई घण्टा सम्म चलेको थियो ।

उक्त बैठकमा सप्ताह स्थलको छनोट र ठेक्का सम्झौताको लागि अरुण रुपाखेती ,ददि राम ढुंगाना ,प्रेम पौडेल ,हरि कुमार पुडासैनी ,कृष्ण चापागाई तथा अर्जुन ढुंगेल लाई जिम्मेवार दिइएको छ ।

यसै गरि सप्ताहको मिति र वाचक पण्डितको चयन गर्ने सम्बन्धमा अरुण रुपाखेती ,गोपाल रेग्मी ,प्रेम संग्रौला ,राजेन्द्र खनाल तथा सुमन तिमिल्सिनालाई जिम्मेबार सुम्पिएको छ ।  उक्त बैठक बाट सप्ताहको लेखा र वित्त व्यवस्थापनको सम्बन्धमा हरि कुमार शर्मा ,काजी बुढाथोकी ,केशव बराल ,पवन खनाल तथा राजन अधिकारीलाई जिम्मेबारी दिने निर्णय गरिएको छ ।

यसै गरि समितिको अन्य काम कारबाहीलाई सुचारूरूपले सन्चालन गर्न एक तदर्थ संचालक समिति गठन गर्ने निर्णय गएको छ । उक्त समितिमा अरुण रुपाखेती,चन्द्र लामा ,ददि राम ढुंगाना ,गोपाल रेग्मी ,गोविन्द सुबेदी ,प्रभा देउजा ,परशुराम भण्डारी,प्रेम पौडेल,प्रेम संग्रौला ,खगेन्द्र अधिकारी ,सगर कंडेल तथा तिलक खरेल रहेका छन् ।

यसै गरि प्रेस तथा प्रचार प्रसार समितिमा विजय थापा ,गुणराज लुइँटेल ,खेम भट्टचन ,निदेश अधिकारी ,परशु भण्डारी तथा राम चन्द्र खरेल संयोजक रहने भएका छन् ।  बैठकमा सचिवालयको स्थापना र सदस्य सचिवको व्यवस्था ,क्षेत्रगत सहभागिता सुनिश्चित गर्ने ,पारदर्शिता सुनिश्चित गर्ने तथा महिला सहभागितामा जोड दिने सुझाव प्रस्तुत भएका छन् ।

बिस्तृत जानकारीको लागि :

डी.सी. मेट्रो सप्ताह महापुराण आयोजक समिति

Email: [email protected]

प्रतिक्रिया