अमेरिकामा मेल-मिलाप दिवस रक्तदान गरि मनाईयो ।
४३औं रास्ट्रीय एकता एवं मेल-मिलाप दिवसको उपलक्ष्यमा नेपाली काॅग्रेस को प्रवासमा रहेको संस्था जनसम्पर्क समिति अमेरिका लंगआईलेण्ड च्याप्टर न्यूयोर्क द्वारा हिक्सभिल्ली मा आयोजित वृहद रक्तदान कार्यक्रममा ८६ जना रक्तदाताहरूले रक्तदान गर्नु भयो,च्याप्टर सभापति विश्वराज वाॅस्तोला का अनुसार रक्तदान कार्यक्रम मा
न्यु योर्क राज्य का Assemblyman Michael Montesano, जनसम्पर्क समिति अमेरिका का नेताहरू, एनआर एन अमेरिका एवं न्यूयोर्क स्थित विभिन्न नेपाली संघ संस्थाका पदाधिकारीहरू,व्लड डोनर अर्जुन प्रसाद मैनाली लगाएत विविध क्षेत्रका सामाजिक अगुवा तथा स्थानिय नेपाली समुदाय को वाक्लो उपस्थिति रहेको थियो ।
आगन्तुक तथा रक्तदाता हरूलाई रक्तदान कार्यक्रम संयोजक एवं च्याप्टर उपसभापति विनोद थापा लगाएत च्याप्टर पदाधिकारी र सदस्यहरूले स्वागत गर्नु भएको थियो ।
नेपाली काॅग्रेस का संस्थापक नेता जननायक विपी कोईराला विक्रम सम्वत २०३३ पौष १६ गते लामो समयको भारत प्रवास पछि रास्ट्रीयता खतरामा परेको महसूस गरी स्वदेश फर्केको दिनलाई नेपाली काॅग्रेस ले राष्ट्रीय एकता एवं मेल-मिलाप दिवस को रूपमा मनाउॅदै आएको छ ।
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया