सोमबार, असार २ २०७६
काठमाडौं १६:३६
वासिङटन डिसी 06:51

आफू इन्धन चौकीमा काम गरेर पनि ठूलो सपना देख्न छोडिन, दोश्रो पुस्तालाई मेरो कार्यालयमा ल्याउनु है : ह्यारी भण्डारी

भण्डारीले भावी पिढीको लागि उत्प्रेरक वन्ने तरिकाले काम गर्ने बताए

इनेप्लिज २०७५ पुष २५ गते १:०९ मा प्रकाशित

 

गत जनवरी ६ तारिख आइतबारका दिन हयारी भण्डारी लाई शुभकामान तथा बधाई दिन आयोजना गरिएको भिक्ट्री सेलिव्रेशन पार्टी नामक समारोहमा भण्डारीले आफू इन्धन चौकीमा काम गर्दै यो स्थान सम्म आई पुगेको स्मरण गराए । उनले अगाडी थपे ,यहाँहरुले सपना देख्नु पर्छ । म पनि सदैव ठूलो सपना देख्थे ।

 

उनले मन्तब्य दिने क्रममा भने–एनापोलिसको भवनमा बसेर मैले विधायकको रुपमा काम गर्दैगर्दा भावी पिंढीलाई तिमीले पनि गर्न सक्छौ भन्ने विश्वास दिलाउन आफ्ना नानीवावुलाई लिएर उक्त ऐतिहासिक भवनमा आउन अनुरोध गर्दछु ।
उनले दोश्रो पिंढीलाई तिमीले पनि गर्न सक्छौ भन्ने विश्वास दिलाउन आफ्ना नानीवावुलाई लिएर उक्त ऐतिहासिक भवनमा आउन अनुरोध नेपाली समुदायलाई गरेका हुन् ।

मेरिल्याण्डको हाउसअफ डेलिगेटसमा निर्वाचित हयारी भण्डारीलाई वधाई तथा शुभकामना प्रदान गर्न यहाँ एक भिक्ट्री सेलिव्रेशन पार्टी सम्पन्न गरिएको छ । आइतवार साँझ आयोजित पार्टीका सहभागीहरुले अमेरिकाको राजनीतिमा नेपाली मूलको सहभागिता वढाउन आगामी दिनमा थप काम समेत गर्नको लागि संस्थागत रुपमा अगाडि बढ्न भण्डारीलाई सुझाव दिएका छन् ।

कार्यक्रममा उपस्थित निर्वाचित प्रतिनिधिहरु, डेमोक्रयाट पार्टीकी मेरिल्याण्ड स्टेटकी केन्द्रीय अध्यक्ष लगायतले हयारीको विजयले ईतिहास रच्न सफल भएको वताए ।

मेरिल्याण्ड स्टेटकी डेमोक्रयाट पार्टीकी केन्द्रीय अध्यक्ष माया रकी कमिङ्गसले भनिन -” म निकै उत्साहित छु , किनकि ह्यारी जस्तो नयाँ व्यक्ति हाउस अफ डेलिगेट बनेका छन् । उनी पहिलो नेपाली अमेरिकन हुन, जो हाउस अफ डेलिगेटसमा निर्वाचित भएका छन् ।”

उनले अगाडि भनिन,-‘ एक जना पार्टीको केन्द्रीय सदस्य जो कडा परिश्रमले यो विजय हासिल गर्न सफल भएका छन् जुन डेमोक्रयाट पार्टीको लागि अर्को उत्साहित वनाउने क्षण हो ।’ भण्डारी डेमोक्र्याटिक पार्टीको मेरिल्याण्ड राज्यको निर्वाचित केन्द्रीय सदस्य समेत हुन् ।

ह्यारीको बारे चर्चा गर्दै उनले भनिन्,-ह्यारी आफूलाई समुदायको हितमा सदैव समर्पित गर्न चाहन्छन्। तसर्थ हामीहरु निकै उत्साहित छौं उनलाई हाउस अफ डेलिगेटमा स्वागत गर्न पाएकोमा ।’

डेमोक्र्याट डेलिगेट्स प्याट योङ्गले ह्यारीलाई वधाई दिदै भने -” म जुन वेला युवा डेमोक्रयाटमा काम गरेको थिए, त्यो वेलादेखि ह्यारीलाई चिन्छु, वाल्टिमोर डेलिगेशन चेयरको हैसियतले उनलाई यो विजयको लागि हार्दिक वधाई पनि दिन्छु ।  ‘भण्डारी एक कडा मेहनत गर्ने व्यक्ति हुन, उनले २०१४ मा जित हात पार्न सकेका थिएनन् तर उनले कडा परिश्रम गरेकै कारण आज यो सफलता हात परेको छ ।

भण्डारी एक कडा मेहनत गर्ने व्यक्ति हुन, उनले २०१४ मा जित हात पार्न सकेका थिएनन् तर उनले कडा परिश्रम गरेकै कारण आज यो सफलता हात परेको छ ।

ह्यारी समुदायको लागि काम गर्ने एक शिक्षक हुन उनले पहिलो नेपाली अमेरिकनको रुपमा इतिहास रचेका छन्,यो वाल्टिमोर काउन्टीको लागि पनि गर्व हो’ डेलिगेट्स योङ्गले भने ।

अमेरिकाको टेक्सास, विसकन्सिन, न्यूयोर्क, भर्जिनिया, न्यूजर्सी लगायतका स्थानवाट आएका नेपाली अमेरिकनहरुले भण्डारीले विजयकाप्रति आफूहरुले गौरव महसुस गरेको वताए ।

उनीहरुको भनाई थियो,-‘यो अवसरको भूमिमा हामीहरुको सहकार्यमा आगामी दिनमा अझ माथिल्लो ईकाईमा समेत पुग्नु पर्नेछ ।’
के भने भण्डारीले

आफ्नो विजय पश्चात औपचारिक रुपमा पहिलोपटक सम्बोधन गर्दै भण्डारीले भावी पिढीको लागि उत्प्रेरक वन्ने तरिकाले काम गर्ने बताए ।

आफ्नो विजय पश्चात औपचारिक रुपमा पहिलोपटक सम्बोधन गर्दै भण्डारीले भावी पिढीको लागि उत्प्रेरक वन्ने तरिकाले काम गर्ने बताए ।

संक्षिप्त मन्तव्यमा भण्डारीले एउटा वयष्क व्यक्ति अमेरिकामा आएर संघर्ष गर्दै यो स्थानमा पुग्न सक्छ भने यही माटोमा जन्मिएको नेपाली अमेरिकीले भोलि यो देशको उच्च तहमा पुग्न सक्छ भन्ने विश्वासका साथ काम गर्नुपर्ने भनाई व्यक्त गरे ।

उनले आफूले भावी पिंढीलाई उत्प्रेरणा दिनका लागि र उनीहरुलाई अगाडि वढाउन नेपाली समुदायसँग सहकार्य गर्ने वताए ।

खादा,माला र टोपीको भव्य स्वागतमा पुरिएका भण्डारीले आफू नेपाली समुदायको वृहत्तर हितमा सदैव लागि रहने पनि बताए । ‘मलाई अमेरिकी र मेरो क्षेत्रका मतदाताले विजयी गराएका हुन् उनीहरुको चासो र सरोकार मेरो पहिलो प्राथमिकता हो तर म अमेरिकामा रहेका नेपालीहरुको लागि हरेक तरिकाले सहयोग गर्न प्रयासरत रहनेछु’ भण्डारीले भने ।

मलाई अमेरिकी र मेरो क्षेत्रका मतदाताले विजयी गराएका हुन् उनीहरुको चासो र सरोकार मेरो पहिलो प्राथमिकता हो तर म अमेरिकामा रहेका नेपालीहरुको लागि हरेक तरिकाले सहयोग गर्न प्रयासरत रहनेछु’ भण्डारीले भने ।

भण्डारीले आफ्नो कार्यालयमा नेपाल र अमेरिकाको झण्डा समेत राख्ने बताएका छन् । ‘यसले आफूहरु कहाँवाट आएको भन्ने सन्देश दिन सफल हुने विश्वास लिएको छु’ भण्डारीले भने ।

एनआरएन अमेरिकाका उपाध्यक्ष जेदु पोखरेलले छोटो मन्तब्य राख्दै नेपालि समुदायले रोपेको फ़ुल ह्यारी हो । यो अहिले शिशु अबस्थामा छ । यसलाई फलाउने फुलाउने हाम्रो समुदायको अर्कों दायित्व हाम्रो सामु आएको छ ।

यो सम्पुर्ण नेपाल र अनेरिकामा बस्ने गैरआवासिय नेपालिको लागी गर्वको कुरा हो । नेपाली समुदायको तन मन धन एवं अथक प्रयास र ह्यारी भन्डारिको कड़ा मिहेनतबाट नै आज हामी बिजयी भयौ । भविस्यमा गभर्नर र सिनेटर सम्मको पोस्टमा हाम्रो नेपाली समाजको प्रतिनिधी पुग्नुपर्छ र हामिले अझ मेहनत गर्नु पर्छ भने ।

वधाई दिनेहरु

कार्यक्रममा सहभागिता जनाउन न्यूयोर्क,न्यूजर्सी,भर्जिनिया,विसकन्सिन,टेक्सास लगायतका स्थानवाट समेत नेपाली समुदायका प्रतिनिधि सदस्यहरु सहभागी भएका थिए । फ्रेन्ड्स अफ ह्यारी सचिवालयका तर्फबाट तरुण पौडेलले स्वागत गरेको कार्यक्रममा सहभागी भएर शुभकामना दिनेहरुमा स्थानीय वानाकी अध्यक्ष अनु वन्त,चितवन समाजका आनन्द घिमिरे, म्याग्दी समाजका ईन्द्र थापा, गुरुङ्ग समाजको तर्फवाट ईशा गुरुङ्ग, कास्की समाजका कूल गुरुङ्ग,नासो कम्युनिटीका गोपाल विश्वकर्मा, नेजाका पूर्व अध्यक्ष गौतम दाहाल,पर्वत समाजका रुद्र गुरुङ्ग ,आईएनएलएसका भरत वराईली,प्रवासी मंचका प्रभु थापा,एनआरएन मेरिल्याण्डका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ, राप्रपाका सहमहामन्त्री प्रेम श्रेष्ठ, टिसिसीका नारायण गुरुङ्ग,सूदूर पश्चिम समाजका पदम शाही, टुकराज शर्मा, महेश भट्टराई,युथ स्पोर्टसका रमेश भट्ट,भलिवल टीमको तर्फबाट ध्रुब गिरीले वधाई दिएका थिए । रिसर्च सेन्टरका डा उत्तम गौली तथा कृष्ण विष्टले पनि वधाई तथा शुभकामना सन्देश दिएका थिए ।

यसै गरी रेणु शर्मा तथा धनिराम सापकोटा (न्यूजर्सी ), डा.अर्जुन वन्जाडे,सुनिल शाह ( टेक्सास), सूर्य लम्साल न्यूयोर्क , बुद्धि सुवेदी (विसकन्सिन), देश राज सम्योक,कृष्ण भण्डारी,कविन्द्र सिटौला,लक्ष्मीकान्त गौडेल (भर्जिनिया) ले भण्डारीलाई वधाई दिएका थिए ।

कार्यक्रममा उपस्थित चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र र नेपालवाट आएका रामवावु अधिकारीले पनि भण्डारीलाई बधाई दिएका थिए । फ्रेन्ड्स अफ ह्यारी सचिवालयका तर्फबाट डाक्टर श्याम कार्कीले धन्यवाद व्यक्त गरेको कार्यक्रम सचिवालयका अर्जुन हमालले कार्यक्रम संचालन गरेका थिए ।

भण्डारीका निर्वाचन अभियानका एक हस्ती तथा कार्यक्रम संचालक अर्जुन हमालले डीसी महानगर क्षेत्रका सत प्रतिसत संघ.संस्था तथा व्यक्तिलाई ठुलो मन र चौडा छाती परेर सबैलाई बोल्ने मौका प्रदान गरेर सबैको मन हलुका पारि दिएका थिए  ।

समाचार सौजन्य : ग्लोबनेपाल डटकम

यो पनि हेर्नुहोस्

प्रतिक्रिया