हाँसो एकः विचार अनेक

यादवराज जोशी २०७५ पुष २४ गते १६:१७ मा प्रकाशित

मानिस खुसीमा हाँस्छ, दुःखमा रुन्छ । यो मानवीय स्वभाव हो । यही हाँसो राष्ट्रिय चरित्र पनि बन्न सक्छ । कुनै देशका मानिस बढी हाँस्छन, कुनै देशका मानिस कम । अर्थात कोहीले कसैसंग भेट हुदाँ मुस्कानले स्वागत गर्छन भने कोही गम्म पर्छन ।

पोल्याण्डको अनुसन्धान संस्था पोलिस एकेडेमी अफ साईन्सका अनुसन्धाता कुवा कर्यसले विश्वका ४४ देशमा गरेको अध्ययनले अनौठा तथ्या पत्ता लागेको छ । रुस, इरान र फ्रान्सका मानिस अन्यको तुलनामा कम हाँस्छन किनकीः ति देशका मानिस अनिस्चितताप्रति बढी केन्द्रित छन् । उनीहरुको मस्तिस्कमा कतिबेला के होला, कसैले के सोच्ला जस्ता भावनाले डेरा जमाएको हुन्छ ।

यसैगरी, रुस, जापान र इरानका मानिस हाँस्नुलाई बुद्धिमानी र मुर्खसंग जोडने गर्छन । कसैसंगको भेट वा गफिदा हाँस्नु वा बढी हाँस्नु त्यहाँ बुद्धी नभएको ठहरिन्छ । यस्तै सोच भारतको केरला राज्यमा पाईन्छ । अन्य भारतीयभन्दा केरलाका मानिस कम हाँस्छन् ।

हाँस्नुले बुद्धिमानी वा बुद्धिमानी केही नदेखाउने मान्नेमा जर्मन सबैभन्दा अगाडि छन् । उनीहरु खुलेर हाँस्छन् । अमेरिकनहरु यो श्रेणीमा छन् तर निकै तल छन् । हाँसो र बुद्धिको कुनै सम्वन्ध नभएको मान्नेमा चीनिया पनि छन् ।

हाँस्नुलाई इमान्दारितासंग जोडिएको छ । अर्जेन्टिना, जिम्वावे, इरान र रुसमा मानिसको अगाडि हाँस्दा आफु इमान्दार नभएको र हाँसोमा कुरा उडाएको सोच्ने बढी छन् । हाँसोले इमान्दारिता भएको वा नभएको देखाउदैन भन्नेमा स्वीटरजरल्याण्डवासी सबैभन्दा अगाडि छन् । त्यसपछि अस्ट्रेलियन र फिलिपिनो छन् ।

विद्यमान विश्वमा राजनीतिक कारणले पनि हाँसो कुण्ठित हुने गरेको छ । तानाशाही, भ्रस्टाचार र राजनीतिक अस्थिरता भएका मुलुकका बासिन्दा कम हाँस्ने गर्छन । यसैगरी, लिंग र संस्कृतिले पनि हाँस्ने नहाँस्ने कुरालाई निर्देशित गर्ने गरेको पाईएको छ ।

स्रोतः जर्नल अफ ननर्भवल विह्याभियर २०१८, तस्वीरः गुगल खोज

प्रतिक्रिया