वैतनिक कानून व्यवसायी प्रहरी हिरासतमा
इनेप्लिज
२०७५ पुष २४ गते ७:३३ मा प्रकाशित
मेलम्ची, पुस २४ गते । जिल्ला अदालत सिन्धुपाल्चोकका वैतनिक अधिवक्ता पुण्यप्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । खनाललाई सरकारी कागजात किर्ते अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उहाँमाथि सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ का एक व्यक्तिकोे जन्मदर्ता किर्तेका अभियुक्तलाई छुटाउन सहयोग गरेको आरोप लागेको छ ।
खनालविरुद्ध कानून व्यवसायी काउन्सिलमा समेत उजुरी परेको छ । चौतारा साँगाचोकगढी नगरपालिका पोखरेकी ‘ग’ भनिने ९प्रहरीले दिएको नाम० एक महिलाको बलात्कार विषयको मुद्दामा पीडित र पीडक दुवैतर्फको मुद्दा आफँैले लेखेर आफँैले बहस गरेको भन्दै काउन्सिलमा उजुरी परेको छ ।
हिरासतमा राखिएका खनाललाई लागेका आरोपउपर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विमलराज कँडेलले बताउनुभयो ।
विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी न्यूयोर्कमा आक्रमण
अमेरिकाको नर्थ क्यारोलाइनाको एक ब्यायामशाला बाहिर गोलाबारी हुँदा १ जनाको मृत्यु ,३ जना घाइते
रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन
एफबीआईको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्ने एक सशस्त्र संदिग्ध अधिकारीहरूसँगको विवादपछि मारिए
बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा नेपालीमूलका बिद्यार्थीहरुलाई विशेष सम्मान गरिने
प्रतिक्रिया