नर्थ क्यारोलाइनामा कराते गुरुले महिला अपहरणकारीलाई दिए धोबी धुलाई,अपहरणकारी अस्पताल शैयामा
अमेरिकाको नर्थ क्यारोलाइनाको एक कराते बिद्यालय भित्र एक महिलालाई पछ्याउदै आएका अपहरणकारीलाई प्रशिक्षण केन्द्रका प्रमुख गुरुले धोवी धुलाई दिए पछि अपहरणकारीलाई अस्पताल भर्ना गर्नु परेको छ ।
नर्थ क्यारोलाइनाको नर्थ चार्लोट्स स्थित बुशिकेन कराते चार्लोट डोजोमा राती ९ बजे अगाडी एक महिलालाई जबर्जस्ती आफ्नो गाडीमा लाने प्रयास गर्दा उक्त महिला गुहार माग्दै उक्त कराते पाठशालामा भित्र पुग्दा उनको ज्यान बचेको छ । उनि अपहरण हुन् बाट बालबाल जोगिएकी छिन ।
गत जनवरी ३ तारिख नर्थ क्यारोलाइना राज्यमा घटना भएको हो प्रहरीले जनाएको छ । उक्त घटना अनुसार ९ बज्नु अगाडी भएको थियो । उक्त समयमा प्रमुख प्रशिक्षक र्यान्डल इफ़्राइम केही आफ्ना शिष्य साथ केन्द्र सफा सुग्घर गर्दै थिए । कोही शिष्यलाई आफ्ना बुवाआमाले धमाधम लादै गएको सिएनएनले जनाएको छ ।
सिएनएनका अनुसार जव पहिला महिला त्यसपछि उक्त मानिस भित्र छिरे पछि इफ्राइमले कराते सिक्न आएका मानिस भनेर ठानेको जनाएको छ । उक्त महिलाले आफूले नचिनेको बताएकी थिइन् ।
प्रमुख गुरुलाई धक्का मुक्का दिदै बल प्रयोग गरे पछि आफूले आफ्नो आत्मरक्षा गर्दै गुरुले आफूले सिकेको युद्धकला ( मार्सल आर्ट्स) प्रयोग गरेको बताएका थिए । उक्त अपहरणकारीले पुन;आक्रमण गर्ने प्रयास गरे पछि त्यही अनुसार प्रयोग गरेको बताएका थिए ।
करिव २०० पाउण्ड भन्दा ज्यादा वजनको मानिस त्यति सजिलो नभएको र निकै बलियो भएको स्थानीय पत्रिकालाई बताएका थिए । सम्भवत केही मादक पदार्थ या केही लागु पदार्थ सेवन गरेको हुनु पर्ने कराते गुरुले संचार माध्यमलाई जानकारी दिएका थिए । साथै प्रहरीले पनि लागू पदार्थ सेवन गरेको जानकारी दिएका छन् ।
४६ बर्षिय अगस्त विलिएम नामक उक्त अपहरणकारीलाई कराते गुरुको असली करातेको प्रस्तुतिको कारण अस्पताल भर्ना गरिएको छ । उक्त व्यक्ति बिगतमा पनि कैयौ पटक दुर्व्यसनी तथा यस्तो आक्रमण को लफडामा पक्राउ परेको स्थानीय संचार माध्यम डब्लुबिटीभिले जनाएको छ ।
उनलाई अपहरणको प्रयास ,आक्रमण तथा अन्य आरोप लगाइएको छ भने उनि निस्कने बित्तिकै उनलाई कारागारमा राखिने समाचार सीएनएनमा छ ।
विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी न्यूयोर्कमा आक्रमण
अमेरिकाको नर्थ क्यारोलाइनाको एक ब्यायामशाला बाहिर गोलाबारी हुँदा १ जनाको मृत्यु ,३ जना घाइते
रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन
एफबीआईको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्ने एक सशस्त्र संदिग्ध अधिकारीहरूसँगको विवादपछि मारिए
बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा नेपालीमूलका बिद्यार्थीहरुलाई विशेष सम्मान गरिने
प्रतिक्रिया