ईटाँलाई देउता बनाउँदा

सुशील निरौला २०७५ पुष २४ गते ०:१८ मा प्रकाशित

सायद कक्षा ८ / ९ मा पढदा खेरीको हुनुपर्दछ चौथौ घन्टीमा साईन्स पढनु पर्थ्यो । त्यसपछि टिफिन हुन्थ्यो । अनी पाँचौ घन्टीमा अंग्रेजीको क्लास हुने गर्दंथियो ।।साईन्स सर कक्षामा कडा रुपमा प्रस्तुत हुने तर पिटी हाल्ने चैं होईन । अरुवेला हँसी मज़ाक़ पनि गर्नु हुन्थ्यो । तर अंग्रेजी सर त्यसको ठिक विपरित । स्कुल पढनुनजेल उहाँ हाँसेको विरलै देखियो होला । उहाँले पढाउँदा क्लासमा pin drop salient हुने गर्दथियो ।तलमाथि केही भए सरको कुटाई खान वेर लाग्दैन थियो ।

साईन्स र अंग्रेजी दुवै बिषय साधारण स्कुलका विध्यार्थीको लागि कठिन हुने नै भए ।त्यसमा हामी पनि अछुतो रहने कुरा भएन । त्यस्ता सरहरुले प्रश्न सोधेको वेला डरले त्यसैपनि आएको कुरा पनि भन्न डर लाग्ने । त्यसमा नजानेको प्रश्नै सोधिदिए पछिको हालत के होला । पाठक आफैले अनुमान गर्दा भैगो ।

एक दिनको कुरा हो चौथो घन्टीमा साईन्स क्लास चल्दैथियो । सरले प्रश्न सोध्नु भयो । ४०/४५ जनाको क्लासमा एक दुई जना छोडेर कसैले पनि उत्तर दिन सकेनन् ।यस्तो देखेर सरलाई अति रिस उठेको उहाँको अनुहारमा प्रष्टै झल्कन्थ्यो । पटक पटक पडाउंदा पनि लगभग पुरै क्लासले नजान्दा रिस उठनु स्वभाविक नै थियो । हामी भने सम्भावित सजाँयको डरले pin drop salient को स्थितिमा थियौं ।
सरले रिसाउँदै भन्न थाल्नु भयो; तिमीहरुलाई अब केही गरेर पनि हुदैंन ।तिमीहरुको दिमागमा भुस भरीएको छ । स्कुल चौरमा निर्माणको लागि राखीएका ईटाहरुलाई देखाउंदै, वरु त्यो ईटालाई देउता मानेर पुजा गर । कतै तिमीहरुमा ज्ञान पलाउँछ की ?
सर मुडअफ नै हुनुहुन्थ्यो । केही छिनमा टिफिनको घन्टी बज्यो । सर निस्किएर जानु भयो। हामी पनि खाजा खान बाहिर निस्कियौं ।

टिफिनको ख़ाली समयमा कुनै क्लासमेटले एउटा ईटा ल्याएर व्ल्याक वोड माथि २/४ वटा फुलहरु समेत चडाएर राखेछ। हेर्दा पुजा गरेर राखे जस्तो ।त्यसो गर्न सरले आदेशै दिए जस्तो गरि ।

टिफिन सकिएको संकेत सहित पाचौं पिरियडको घन्टी बज्यो ।अंग्रेजी सर आउनु भयो । क्लासमा प्रवेश गर्ने बित्तिकै उहाँको नजर व्ल्याक वोर्ड माथि राखिएको ईटाँमा परो । गम्भीर मुद्रामा त्यो के हो भन्ने भाव मिश्रीत ईशारा कक्षातिर गर्नु भयो। त्यो महान कार्य गर्ने क्लासमेट उठेर सर त्यो साईन्सको देवता हो । साईन्स सरले राख्न भन्नु भएकोले राखेको भनेर गर्व साथ भने ।सरले मुन्टो हल्लाउदै बुझे भन्ने भाव देखाउनु भयो ।

सर पढाउदै जान थाल्नु भयो । त्यसै त अंग्रेजी बुझन गारो त्यही माथि सरको कठोर स्वाभावका कारण पढाएको बुझन पनि गारो ।

प्रश्न उत्तरको क्रममा सोधिएको एक प्रश्नको जवाफ फेरी पनि १/२ जना बाहेक पुरै क्लास दिन असमर्थ भयो ।त्यसै त व्ल्याक वोर्ड माथि राखीएको ईटाँले सरको दिमाग पहिले देखि नै तातेको प्रतिक हुन्थ्यो ।त्यस माथि हाम्रो त्यो तालले सरको तातेको दिमागलाई अझ ततायो ।

उहाँ व्ल्याक वोर्ड तिर फनर्क फर्किनु भयो । त्याहा राखेको ईटा उठाएर प्रश्न गर्नु भयो; यो तिमीहरुको साईन्स देउता होईन त ?

दवेको स्वरमा कसैले भनो; हो सर !

अब यसले काम गर्दछ भनेर प्रत्येकको टाउकोमा त्यही ईटाले टुक टुक गरेर दुई दुई पटक हिर्काउनु भयो । हिर्काई त्यति सारो नभए पनि एक पटकलाई मुखवाट अय्या त निस्किने खाल कै थियो । सबैलाई देउताको स्पर्श गराएर साविक स्थानमा नै राखिदिनु भयो ।

केही समय पछि वजेको घन्टी पछि सर बाहिरिने वित्तिकै एक जनाले ईटा देवतालाई चौर तिर हुत्याई दियो । बाँकी सबै देवता प्रतिस्थापना गर्ने क्लासमेट तिर खनियौ । धन्य केटी साथी परिछिन् त्यसैले गाली मात्र खाएर बचिन ।केटा साथी हुदो हो त त्यस दिन त्यसको के हालत हुने थियो होला ।

त्यसैले पनि होला की किन किन आज सम्म पनि मलाई भगवानको अस्तित्व प्रति विश्वास पलाउन सकेको छैन ।

प्रतिक्रिया