शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २२:१५
वासिङटन डिसी 12:30

ट्रम्पले भोली राष्ट्रलाई सम्वोधन गर्ने

इनेप्लिज २०७५ पुष २४ गते ०:२० मा प्रकाशित

यादवराज जोशी

इमिग्रेसन मुद्दा कसीदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्विय समय अनुसार भोली राती ९ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । मैले दक्षिणी सीमामा मानवीय संकट र सीमा सुरक्षाका विषयमा मंगलबार राति ९ बजे राष्ट्रको नाममा सम्बोधन गर्नेछु, सोमबार एक ट्विट मार्फत ट्रम्पले बताएका छन् ।

सीमा पर्खालकोलागि आवश्यक ५.७ अर्ब डलर बजेट काँग्रेसले निकासा नगरेपछि गर्भन्मेट सटडाउन भएको तीन साता भैसकेको छ । मंगलबार राष्ट्रको नाममा सम्बोधन गरेपछि बिहीबार ट्रम्प सीमा क्षेत्रको भ्रमणमा जानेछन् ।

यसअघि आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटको सम्भावना बढदै गएको बताएका थिए । ह्वाईट हाउस कर्मचारीहरुको रिट्रिटका लागि क्याम्प डेभिड प्रस्थान गर्नु अगाडि पत्रकारसंग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन ।तर, राष्ट्रको नाममा सम्बोधनमा संकटकालको कुरा आउने न आउने स्पस्ट भएको छैन ।

सीमामा पर्खाल लगाउने विवाद जारी रहेका आफु राष्ट्रीय संकटकाल घोषणा गर्नपनि पछि नपर्ने ट्रम्पले शुक्रबार बताएका थिए । आईतबार उनले उक्त कुरा फेरी दोहर्याएका थिए ।

स्रोतः एजेन्सीहरु

प्रतिक्रिया