राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ’हृदय भरी’ निर्माण हुने औपचारिक रुपमा घोषणा

इनेप्लिज २०७५ पुष २३ गते १२:११ मा प्रकाशित

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ’हृदय भरी’ निर्माण हुने औपचारिक रुपमा घोषणा गरिएको छ । सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशनमा तयार हुने फिल्ममा पल शाह , निर शाह , सुनिल थापा , काश बाबु , अनुराग कुवंर , निर्मल शर्मा , सलोन बस्नेत , रेखा लिम्बु , कविता रेग्मी , अभिदिथ खाती , बिके श्रेष्ठ , दिपक गजमेर , प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ , आयुषमान घिमिरे     ,सुमन श्री लगायतको अभिनय रहनेछ । यसै फिल्म मार्फत श्रद्धा छेत्री नेपाली फिल्ममा डेब्यु गर्दै्छिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँ चिनिने मोडल हुन् । फिल्मलाई एन फिल्मस् एण्ड क्रिएशन , शाह प्रोडक्सन प्रा.लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्दैछन् । त्रिकोनत्मल प्रेम कथामा निर्माण हुने फिल्ममा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । फिल्म घोषणा समारोहमा चलचित्र बिकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राइ , चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायतले फिल्मलाई सफलताको शुभकामना दिएका थिए । राजकुमार , आकाश सहित फिल्म युनिटले पोस्टर अनावरण गर्दै फिल्मको फस्ट लुक्स सार्वजनिक गरेका थिए ।

फिल्ममा मानकृष्ण महर्जनको छायांकन , अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत , कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी , केदार भुषालको लेखन , बिपिन मल्लको सम्पादन रहेको छ ।

फिल्ममा प्रोडक्शन डिजाइनर अरुण रेग्मी  र प्रोडक्शन म्यानेजर अर्जुन पोखरेल रहेका छन् भने यसलाई उपत्यकामा सुनिल मानन्धर र मोफसलमा केदार पराजुलीले वितरण गर्नेछन । फिल्मको छायाँकन फागुनको तेस्रो साताबाट सुरुहुने फिल्मको फस्टलुक्सलाई टौवा क्रिएसनका विजय बश्याल र शान थापाले तयार गरेका हुन् भने यसमा श्रीधर पौडेलको फोटोग्राफीछ ।

पल शाह स् फिल्मको कथा वस्तु राम्रो लागेर नै मैले यसमा अभिनय गर्न लागेको हु । फिल्मले दर्शकलाई बाध्छ , विषयवस्तु राम्रो छ । फिल्ममा मलाइ चकलेटी ब्वाईकै रुपमा पाउनु हुनेछ तर अघिल्ला फिल्म भन्दा फरक रुपमा । मेरो लागि फिल्म संख्याभन्दा पनि गुणस्तर सधै नै आवश्यक रहयो र यसमा पनि त्यहि छ । फिल्मको टिम राम्रो छ , त्यसैले दर्शकले खोजे अनुसारको फिल्म दिने तयारीमा छौ ।

श्रद्धा छेत्री स् मलाइ फिल्ममा अभिनय गर्ने रहर थियो । त्यसै अनुरुप मोडलिङ हुदै फिल्ममा आइपुगेकी छु । मैले कोलकत्तामा रहेर काम गरिरहेको भएता पनि मलाइ नेपाली फिल्ममै आउनु मन थियो । मलाइ पहिला त कास्टले नै इम्प्रेस गरेको हो तर जब कथा सुने झनै इम्प्रेस भए । मेरो लागि राम्रो प्रवेश टाइम भएको आभास भएकोले यसै फिल्म मार्फत आउदैछु , आश छ दर्शकको माया पाउने छु ।

सुरज सुब्बा नाल्बो स् फिल्मले अहिलेको समयको युवापुस्ताको कथा भन्छ , त्यहि अनुरुप नै हामीले कास्ट लिएका छौ । हामीलाई चकलेटी हिरो र फ्रेश अनुहार चाहिएको थियो , त्यसैले श्रद्धालाई प्रस्ताव राख्यौ । उ , कोलकत्तामा रहेता पनि नेपाली फिल्म र नेपाललाई धेरै नै माया गर्ने । पलसँग जोडी पनि सुहाउने भएकोले उसलाई डेब्यु गराउन लागेका हौ । मेरो पछिल्लो फिल्मले पनि मनोरंजनसँगै कहिँ कतै संदेश दिएकै छ , यसमा पनि छ । राम्रो टिम पाएको छु , राम्रो फिल्म बनाउने आत्मविश्वास छ ।

निकेश लिम्बु स् म विदेशमा रहेता पनि नेपाली फिल्ममा जोडिएकै छु । मैले निर्माण गरेको फिल्मले मनोरंजन पनि दिएका छन् भने केहि संदेश पनि । हसियाँ , रातो घर , ब्लाइन्ड रक्सपछि अब हृदय भरी लिएर आउदैछु । कथा वस्तु राम्रो छ , त्यसैले टिममा म पनि छु । यसफिल्मले पनि एउटा राम्रो फिल्मको रुपमा आफुलाई दर्शकसंगै फिल्म नगरीमा पनि परिचित गराउनेमा विश्वस्त छु ।

 

 

प्रतिक्रिया