बुधबार, असोज ६ २०७८
काठमाडौं १९:५९
वासिङटन डिसी 10:14

एरिजोनाकि एक महिलाले ‘तिथि निर्धारण संजाल (डेटिंग साइट) मा भेटेकी एक पुरुषलाई १ लाख ५९ हजार म्यासेज (संदेश)पठाईन

इनेप्लिज २०७५ पुष २३ गते ११:५७ मा प्रकाशित

एरिजोनको फिनिक्समा एक महिलाले ‘तिथि निर्धारण संजाल (डेटिंग साइट) मा भेटेकी एक पुरुषलाई १ लाख ५९ हजार संचार संदेश पठाएकी छिन । उनले प्रत्यक्ष रुपमा ६५ हजार संदेश पठाएकोले प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो सामान्य भन्दा दुई गुना भन्दा ज्यादा भएको जनाएको छ ।

ज्याक्लिन एड्स नामक महिलाले कुल १ लाख ५९ हजार भन्दा ज्यादा म्यासेज(सद्नेश) पठाएकि जनाउदै जसमा कति धम्कीपूर्ण संदेश समेत रहेको जनाएको छ । उनले उक्त संदेश १० महिनाको अवधिमा पठाएकी हुन् ।

उनले पठाएको पुरुषको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । यति सम्म गरिन कि उक्त पुरुषले सन् २०१७ को जुलाईमा आफ्नो घर बाहोर उक्त महिलाले सवारी साधन रोकेर राखे पछि पुरुषले प्रहरी सम्म बोलाएका थिए । गत अप्रिल २०१८ मा उनलाई पुरुष देश बाहिर गएको अवस्थामा उक्त महिला घर भित्र जबर्जस्ती पसेकोले प्रहरीले प्रक्राउ गरेको थियो । उनलाई घुसपैठको कुनै अभियोग लगाइएको छैन भने आगामी फेब्रुअरी ५ मा उनको अदालतमा सुनुवाई हुने भएको समाचार डब्लु टिओ डटकममा समाचार छ ।

तस्बिर स्रोत :मेरिकोपा काउन्टी प्रहरी (शरिफ कार्यालय )बिभाग

प्रतिक्रिया