कार्यालयमा स्तनपान कक्ष स्थापना
सल्यान, पुस २३ गते । सल्यानमा पहिलोपटक सरकारी कार्यालयमा स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको छ । जिल्ला हुलाक कार्यालय सल्यानमा कार्यालयमा आउने सेवाग्राही तथा कर्मचारीको सुविधाका लागि स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको हो ।
कार्यालयमा आउने शिशुसहितका सेवाग्राही तथा महिला कर्मचारीले आफ्ना बच्चालाई स्तनपान तथा शिशु स्याहार गर्न सहज बनाउने उद्देश्यले आइतबारदेखि कार्यालय परिसरमा निर्माण गरिएको स्तनपान तथा शिशु स्याहार कक्ष सञ्चालनमा ल्याइएको छ ।
जिल्लाका कुनै पनि सरकारी कार्यालयमा स्तपान तथा शिशु स्याहारका लागि व्यवस्था नभएकाले महिला सेवाग्राहीको सुविधालाई ध्यानमा राखी कक्ष सञ्चालनमा ल्याइएको जिल्ला हुलाक कार्यालय सल्यानका कार्यालय प्रमुख धीरेन्द्रबहादुर बुढाथोकीले बताउनुभयो । कक्षमा एकैपटक तीन जना महिलाले स्तनपान गराउन सक्नेछन् ।
यसैबीच जिल्ला हुलाक कार्यालय सल्यान र कुमारी बैंक शाखा सल्यानको सहकार्यमा ६७ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । स्तनपान तथा शिुश स्याहार केन्द्र उद्घाटनमा उपस्थित भएका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया