बनियानी खोलाको पुल सञ्चालन
दमक, पुस २३ गते । झापाको शिवसताक्षी नगरपालिका–२ र ७ जोड्ने बनियानी खोलाको पुल सञ्चालनमा आएको छ । नगरप्रमुख चन्द्रकुमार शेर्माले नवनिर्मित सो पुलको आइतबार उद्घाटन गर्नुभयो ।
नगर प्रमुख शेर्माले वर्षांैदेखि उक्त खोलामा पुल नहुँदा आवतजावतमा समस्या भएकाले अब स्थानीय जनतालाई पुल सञ्चालनले ठूलो राहत मिलेको बताउनुभयो । खोलामा पल नहँुदा त्यस क्षेत्रका बासिन्दाले वर्षायामभरि आवगमनमा कठिनाइ भोग्दै आउनुपरेको थियो ।
३२ फुट लम्बाइ २४ फुट चौडाइ रहेको पुल रु ४५ को लाख लागतमा निर्माण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
वडा कार्यालयलाई रु ३० लाखको जग्गादान
झापा, कमल गाउँपालिका–७ को कार्यालय भवन निर्माणका लागि स्थानीय दाताले पाँच कट्ठा जमीन निःशुल्क उपलब्ध गराउनुभएको छ ।
कमल गाउँपालिका–७ घर भएका आमा देवीमाया, छोराद्वय टङ्क र गोविन्द चम्लागार्इंले संयुक्तरुपमा करीब रु ३० लाख मूल्य पर्ने पाँच कट्ठा जमीन दान दिनुभएको वडा कार्यालयले जनाएको छ ।
दाताले आइतबार मालपोत कार्यालय दमकमार्फत वडा कार्यालयलाई जग्गा रजिष्टे«शन पास गरिदिनुभएको वडाध्यक्ष पृथीपति राईले बताउनुभयो । दाता परिवारले स्थानीय सरस्वती माध्यमिक विद्यालय नजिकै दान दिनुभएको जग्गामा यसै वर्षदेखि वडा कार्यालयको भवन निर्माण शुरु गरिने वडाध्यक्ष राईले जानकारी दिनुभयो ।
विद्यार्थीलाई स्कूल जुत्ता
लायन्स क्लब अफ लखनपुरले कमल गाउँपालिका–७ स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई स्कूल जुत्ता सहयोग गरेका छन् । आइतबार विद्यालयमा एक कार्यक्रम गरी त्यहाँ अध्ययनरत ५१ विद्यार्थीलाई मोजासहित जुत्ता प्रदान गरिएको क्लबका प्रथम उपाध्यक्ष ज्ञाननाथ पौडेलले बताउनुभयो ।
लायन्सले आफ्नो सामाजिक कार्यक्रमअन्तर्गत उक्त सहयोग वितरण गरिएको क्लबका पूर्वअध्यक्ष धर्मानन्द भट्टराईले बताउनुभयो । तीन वर्षअघि स्थापित लायन्सले विभिन्न मानवीय सेवामा सहयोग पु¥याउँदै आएको उहाँले बताउनुभयो ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया