आस्तिकवाद, नास्तिकवाद र बुद्ध।

बिनोद रोका, न्युर्योक २०७५ पुष २३ गते १:२५ मा प्रकाशित

महर्षि दयानन्द सरस्वतीजीद्धारा लिखित नेपाली अनुवादको “सत्यार्थप्रकाश” पढने क्रममा बुद्धधर्म, जैनधर्म, र चार्वाक धर्मलाई नास्तिक धर्म भनेको पाए। चारवाक, बौद्ध, र जैनले जगतको उत्पत्ति स्वभाविक मान्दछन। जुनजुन स्वाभाविक गुण छन ती तीसंग द्रव्य संयुक्त भएर सबै पदार्थ बन्दछन। जगतको कर्ता कोही छैन। सकल वासनाहरुको निवृत्तिद्धारा शुन्यरुपमा निर्वाण, अर्थात मुक्ति मान्दछन। कर्मद्धारा बनेका संस्कारगत बन्धनबाट मुक्त भएपछि फेरी जन्मनु र मर्नु पर्दैन। नास्तिक अर्थात बुद्ध ईश्वर।आत्मा। परमात्मा भन्ने सत्तालाई मान्दैनन। बौद्ध र जैन परलोक र जीवात्मालाई मान्दछन तर चावाक भने त्यो पनि मान्दैनन। अर्को तर्फ आस्तिकवादीहरु भन्छन यदि सबै कुरा कर्मबाटै हुन्छ भनि मान्छौ भने कर्म कोबाट हुन्छ त? कर्म गरिने ईन्द्रीयलाई चेतना कस्ले दिन्छ? जीवात्माले ईश्वर वा परमात्माबाट नै त्यो चेतना पाएर कर्म गर्दछ। दुख र सुखको फल जीवलाई परमेश्वरले भोगाऊछन। यदि जीवले आफनै ईच्छाले कर्मको फल भोग्ने र नभोग्ने कुराको निर्णय गर्ने हो भने ऊ कहिले पनि दण्ड वा दुख भोग्न चाहादैन।

कितावमा लेखिएका कुराहरुले सनातन वैदिक साहित्यको बारेमा केही जानकारी मिल्यो। यद्यपि दर्शन बुमmने दक्ष्यता नभएको हुदा यस्को गहिराईमा रहेको अर्थ बुमmन सकिएन। र लाग्छ यो तर्कबाट बुझ्न  त्यति सजिलो पनि छैन। यदि सजिलो भएको भए हामीले मानि आएका भगवानहरुले बोलेका कुराहरुमा धेरै अर्थहरु निस्कने थिएनन होला। तर पनि बुद्ध र जैन धर्मलाई नास्तिक धर्म भनेको कुरा चित्त बुझेन । किनकि सनातन धर्ममा बुद्धलाई पनि विष्णुको नवौ अवतार मानिन्छ। बुद्धले पनि कहिले जन्मनु र मर्नु नपर्ने गरी निर्वाण प्राप्ती गरेका हुन भन्ने मान्यता छ। अनि कसरी बुद्ध र जैन नास्तिक भएत?

मैले यो जिज्ञासा धेरै गुरुजीहरुसंग राखे जो बुद्धको अवधारणासंग सनातन धर्म दर्शन मिल्दैन भन्ने मान्यता राख्नु हुन्छ। त्यस्तै बुद्धलाई मान्नेहरु संग यो बिषयमा कुरा गर्दा सनातन धर्मका योगमार्गी, कर्मयोगी, भक्तीमार्गी, शिद्धीमार्गीहरुसंग विपश्यना र बुद्ध दर्शनको मेल खादैन भन्नुहुन्छ। यसो भन्नेहरुसंग पनि मेरो धारणा मिल्दैन। किनकि वैदिक शास्त्रहरुमा लेखिएको शव्दहरुको आवाज म चक्रध्यान तथा विपश्यना गर्दा सुन्छु अन्तरमौनमा। अनि ति आऊने सम्वेदनालाई तठष्थ भावले हेर्दै जादा एऊटै किसिमको अनुभुतिमा पाऊछु। अर्थात विपश्नाबाट हुने अनुभुति र चक्र वा अन्य ध्यानलाई शव्दमा भन्नु परयो भने त्यहा केही फरक पाऊदिन। त्यसैले मेरो सामान्य बुझाई ले के भन्छ भने यो केवल खोल वा नामको मात्र लडाई हो बहसमा अनुभुति बुझ्नेहरुका बिचको। धर्मलाई धारणा गर्ने वा अनुभुतिद्धारा बुमmनेहरुका बिचमा मलाई लाग्छ सायद यस्तो विवाद प्राय हुदैन होला।

यो प्रश्न मैले वेदान्तविज्ञ स्वामी आत्मानन्द गिरीज्युसंग न्युर्योकमा गरे जुनबेला ऊहालाई सत्कार गर्ने अवशर पाएको थिए। गुरुजीको भनाईलाई मैले बुझे अनुसार बुद्धले वेदान्तदर्शन र प्रमाणको आधारमा विपरित धर्मको व्याख्या र निर्वाणको मार्ग अपनाए। आत्मा, ईश्वर वा परमात्माको अस्तित्वलाई मानेनन आदि। त्यसैले ऊन्ले निर्वाण प्राप्त गरेता पनि प्रमाणिक सनातन वैदिक शास्त्र विपरित ईश्वरको सत्तालाई स्वीकार नगरिकोले नास्तिक भनिएको हो। त्यसपछि मैले फेरी जिज्ञासा राख्दै भने गुरुजी कोकाकोलाले एऊटा फर्मुला बनाएर पेटेण्ट र ट्र्ेडमार्क दर्ता गरायो व्यवसायिक प्रयोजनका लागि। जुन तत्वहरु परिवेशमा पहिलेदेखि नै विद्यमान थिए। यस्मा खोजेर संयोजन गर्ने काम मात्र भएको हो।

अनि कोकाकोला बनाऊने फर्मुला अहिलेसम्म पनि गोप्य नै छ। अरुले व्यवसायिक रुपबाट निश्चित समयसम्म प्रयोग गर्न पाऊदैनन। तर यदि कसैले त्यही तत्वहरु परिवेशबाट खोजी मिलाएर त्यस्तै स्वाद आऊने पेय पदार्थ बनायो भने त्यस्को नाम कोकाकोला नहोला तर त्यो त्यस्तै स्वाद आऊने पेय पदार्थ नै भएन भन्न त कसरी मिल्ला र? परमात्मा, ईश्वर, आत्माको अस्तित्वलाई नमानेपनि जन्मनु र नमर्नु पर्ने निर्वाण प्राप्ती भए पछि आखिर परिणाममा त केही फरक परेन नि? त्यसैले बुद्धलाई अधार्मिक वा आस्तिक भनेको मलाई चित्त बुमmेन भने। ऊत्तरमा गुरुले भन्नु भो अधार्मिक र नास्तिक भन्ने बिषय फरक हुन। बुद्धलाई अधार्मिक भनिएको होईन। केवल वेदान्त दर्शनईतर गएर आफनै अनुभवको आधारमा निर्वाणको अवस्थालाई चित्रण गरेकोले र ईश्वर र आत्मालाई नमानेकोले नास्तिक भनिएको हो। मैले बुमmे अनुसार ऊहाले भन्न खोजेको यहि जस्तो लाग्छ।

स्वामी डा. रमानन्द गिरीज्युको प्रवचन सुन्दा पनि यहि अर्थ लगाएको थिए। अर्थात बुद्धले वेदान्त दर्शनको सन्र्दभ विनानै निर्वाणको अवस्थामा पुगेको कारणले मात्रै ऊन्को दर्शनलाई नास्तिक भनिएको रहेछ। बुद्धलाई अधार्मिक भनिएको रहेनछ। सायद गाडीमा जिपिएस राखेर र नराखीकन लक्ष्यमा पुग्ने सवारी चालकका बिचमा हुने सम्वाद होलान जस्तो मलाई लाग्यो। त्यसैले मेरो लागि यो बहशको गहिराईमा गएर निक्र्यौल निकाल्नु भन्दा धर्मको आचरण गर्नु नै श्रेयकर होला जस्तो लाग्छ। अरुलाई दुख नदिईकन आफुलाई सुख, शान्ति, र आनन्द दिलाऊने बाटो जुन जुन धर्मले सिकाएपनि तिनलाइ धारणा गर्नु ऊचित लाग्दछ। कुन पात्रमा राखेर तिर्खा लागेको अवस्थामा शुद्ध पानी कस्ले दियो त्यो हेर्नुका साटो त्यो दिइएको पानी पिऊएर प्यास निभाऊनु नै एउटा साधनापथको म जस्तो विद्यार्थीको लागि मध्यम मार्ग भन्ने धारणा बनाएको छु।

प्रतिक्रिया