मंगलबार, साउन २४ २०७९
काठमाडौं १३:३४
वासिङटन डिसी 03:49

राष्ट्रिय संकट टाढा छैनः ट्रम्प

इनेप्लिज २०७५ पुष २२ गते १९:१७ मा प्रकाशित

यादवराज जोशी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटको सम्भावना बढदै गएको बताएका छन् । आईतबार बिहान ह्वाईट हाउस कर्मचारीहरुको रिट्रिटका लागि क्याम्प डेभिड प्रस्थान गर्नु अगाडि पत्रकारसंग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन ।

मेक्सीको सीमामा पर्खाल बनाउन ह्वाईट हाउसले मागेको ५.७ अर्ब डलर बजेट काँग्रेसले पारित नगरेपछि हाल गर्भमेन्ट सटडाउन छ । गर्भमेन्ट सटडाउन तेस्रो सातामा प्रवेश गरेको छ । ह्वाईट हाउसका अधिकारी र विपक्षी डेमोक्र्याटबीच कैयन चरणमा वार्ता भएपनि पर्खालको लागि बजेट पारित हुन सकेको छैन ।

ट्रम्पले शुक्रबार विवाद जारी रहेका आफु राष्ट्रीय संकटकाल घोषणा गर्नपनि पछि नपर्ने बताएका थिए । आईतबार उनले उक्त कुरा फेरी दोहर्याएका हुन । राष्ट्रीय संकटकालको विषयमा पत्रकारले सोधेको प्रस्नको उत्तर दिदै उनले भने, आगामी दुई चारदिनको परिस्थिती हेरेर संकटकालको निर्णय हुन्छ, उनले भने ।

मेक्सीको सीमामा पर्खाल लगाउने आफ्नो निर्णयलाई अधिकांश अमेरिकीले समर्थन गरेको उनले बताए । अमेरिकीहरु पर्खाल अनिवार्य भएको ठान्छन, उनले भने । सोमबार, मंगलबार र बुधबार ह्वाईट हाउसका अधिकारी, रिपव्लिकन र डेमोक्र्याटबीच निर्णायक वार्ता हुने उनले बताए ।

राष्ट्रिय संकट कुन बेला लाग्न सक्छ ?

युद्ध, राष्ट्रिय सुरक्षा संकट, चरम अव्यवस्था, दैवी विपत्ति, सत्ता पल्टाउने खेल आदि भएको स्थितीमा अमेरिकी राष्ट्रपतिले संकटकाल लगाउन सक्छन् । संकटकालको प्रकृति समय र विषय अनुसार फरक हुन्छ ।

सन् २००१ सेप्टेम्बर ११ को आतंकारी हमलापछि तत्कालिन अमेरिकी राष्ट्रपतिले राष्ट्रिय संकटकाल लगाएका थिए । यस्तै अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २००९ मा एनवानएनवान फ्लुको प्रकोप भयानक भएपछि राष्ट्रिय संकटकाल लगाएका थिए ।

नेसनल ईर्मजेन्सी एक्टको खण्ड २०१ र ३०१ मा संकटकालको प्रकृति र त्यसले पार्ने प्रभावका बारेमा वर्णन गरिएको छ । यो ऐनमा संकटकालको बेला कुन निकायको अधिकार कटौती गर्ने र बढी अधिकार प्रत्यायोजन गर्ने अधिकार संकटको प्रकृति हेरी राष्ट्रपतिलाई दिईएको छ ।

स्रोतः वासिडंटन पोस्ट, सिएनएन र एजेन्सी

तस्वीरः नेसनल जियोग्राफी

प्रतिक्रिया