शुक्रबार, भदौ ३ २०७९
काठमाडौं १०:४७
वासिङटन डिसी 01:02

बंगलादेशमा पनि चम्किए सन्दीप, डेब्यु खेलमै लिए २ विकेट

इनेप्लिज २०७५ पुष २२ गते १३:५६ मा प्रकाशित

काठमाडौं, २२ पुस । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले बङ्गलादेशमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बिपिएल) टी–२० क्रिकेटको पहिलो खेलमै उनले दुई विकेट हात पारे ।

सन्दीपले ४ ओभरमा २ विकेट लिएका हुन् भने जम्मा १६ रन मात्र खर्चिए । सिल्हेट सिक्सर्सबाट खेलेका सन्दीपले कोमिलाका सोएब मल्लिक र अनमुल हकलाई पेभिलन फर्काए । मल्लिक १३ र हक ५ रनमा आउट भए ।

खेलमा सन्दीपको टिम सिल्हेटलाई कोमिलाले ४ विकेटले हरायो। राम्रो प्रदर्शन गरेको भएपनि सन्दीपको टिम भने पराजित भयो । उनको टिम सिल्हेटलाई कोमिलाले ४ विकेटले पराजित गरेको हो ।

ढाकामा सिल्हेटले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय २७ रन जोडेको थियो । १ सय २८ रनको लक्ष्य कोमियाले १ बल बाँकी छदा ६ विकेट गुमाएर पुरा गर्यो ।

सन्दीप अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप सिधै बङ्गलादेश पुगेका हुन् । बिग बासमा चर्चा बाटुलेका सन्दीपले बिपिएलमा पनि आफ्नो प्रदर्शनलाई कायमै राखेका छन् ।

प्रतिक्रिया