बुधबार, असोज ६ २०७८
काठमाडौं ०९:३४
वासिङटन डिसी 23:49

रिजालले सभामुख महराको प्रस्ताव नमानेपछि संसदमा भयो हंगामा

इनेप्लिज २०७५ पुष २२ गते १२:३८ मा प्रकाशित

काठमाडौं, २२ पुस । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट बोलेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रश्न गर्न पाउनुपर्ने समय माग गरेको थियो ।

प्रश्न गर्न पाउनुपर्ने सांसदलाई समय माग गरेपछि सभामुख कृष्णबहादुर महराले प्रतिपक्षी दलका सांसद मिनेन्द्र रिजालको नाम लिएर समय दिए । तर रिजालले सबैले गर्न पाउनुपर्ने भनेर प्रस्ताव नमानेपछि सभामुखले अरुलाई समय दिएनन् ।

अनि,
नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभामा हंगामा मच्चाएका छन् । प्रधानमन्त्रीलाई सबै सांसदले प्रश्न गर्न पाउनुपर्ने संसदीय अधिकार भएको बताउँदै नाराबाजी गरेका थिए । नाराबाजी भएपछि सदन केहीबेर स्थगित भयो ।

प्रतिक्रिया