एउटा माछा ३१ लाख डलरमा बिक्यो
जापानको राजधानी टोकियोमा एउटा माछा ३१ लाख अमेरिकी डलरमा बिक्री भएको छ । जापानको लोकप्रिय रेस्टुराँ चेन सुसी जन्माईले ६१२ पाउण्डको ब्लुफिन टुना माछा हालसम्मकै उच्च मूल्यमा किनेको हो ।
जापानमा टुना माछा प्रायः ४० डलर प्रति पाउण्डमा बिक्री हुन्छ । कहिले काँही टुना माछा दुईसय डलर पाउण्ड पनि पर्ने गर्छ । सुसी जन्माई रेस्टुराँ चेनले यो माछाका १२ हजार सुसी बनाएर बिक्री गर्ने योजना बनाएको छ । यसअघि सन् २०१३ मा योभन्दा केही सानो टुना माछा १७ लाख अमेरिकी बिक्री भएको थियो ।
टुना माछा मिठो हुने भएकोले यसको शिकारी निकै हुने गरेको छ । हाल यसको संख्या जपानी समुद्रका कुल माछामा २.७ प्रतिसत छ । सन् २०१७ टुना माछाको संख्या बढाउने योजना एसिया प्यासिफिक राष्ट्रले बनाएको छन् । योजना सफल भएमा सन् २०३४ सम्म टुनामाको हिस्सा समुद्रमा २० प्रतिसत हुनेछ ।
विश्वको ८० प्रतिसत ब्लुफिन टुनाको खपत जापानमा हुन्छ ।
विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी न्यूयोर्कमा आक्रमण
अमेरिकाको नर्थ क्यारोलाइनाको एक ब्यायामशाला बाहिर गोलाबारी हुँदा १ जनाको मृत्यु ,३ जना घाइते
रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन
एफबीआईको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्ने एक सशस्त्र संदिग्ध अधिकारीहरूसँगको विवादपछि मारिए
बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा नेपालीमूलका बिद्यार्थीहरुलाई विशेष सम्मान गरिने
प्रतिक्रिया