पुर्व मन्त्रिको गौतमको टिप्पणी: वाइडबडीको निर्णय सुरुवात देखि नै गलत,भष्ट्राचारी लाई जेल हाल्नै पर्छ।(भिडियो)

इनेप्लिज २०७५ पुष २१ गते २२:१६ मा प्रकाशित

पुर्व मन्त्री गौतमले वाइड बडि जहाज खरिद प्रक्रियामा सुरुदेखि नै बदनियत पुर्वक गल्ती गरिएको कुरा उल्लेख गर्नु भएको छ । जहाज खरिदमा भएको भ्रष्टाचार बारे छानबिन चलिरहेको भए पनि जहाज भाडामा नै लिएर खरिद भनिएको हो भने झनै ठूलो गल्ती भएको बताउनु भएको छ ।

गल्ती बाट भागेर कोहि कसैले कसैप्रती आरोप प्रत्यारोप गरिरहनु भन्दा जस्को पालामा गरिएको भए पनि गल्तीलाई गल्ती नै भनेर कार्वाहिको दायरामा जानुपर्ने उल्लेख गर्नु भएको छ । महालेखा समिती र सम्सदिय गौतमले प्रतिबेदनमा भ्रष्टाचार र अनियमितता भएको उल्लेख भै सकेको हुनाले यस्लाइ सरकारले गम्भीर रुपले छानबिन गरेर भ्रष्टलाई कार्बाही गर्नै पर्ने माग समेत गर्नु भएको छ ।

काङ्ग्रेस वा कम्युनिस्ट को कुरा नभएर गलत नियतका भ्रष्टलाई कार्बाही हुनु आवस्यक रहेको उल्लेख गर्नु भएको छ।

प्रतिक्रिया