विद्यालयमा बने बाल, लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय
सिन्धुली पुस । नेपाल रेडक्रस सोसाइटीले सिन्धुलीको सुनकोशी गाउँपालिका वार्ड नम्बर ६ का विभिन्न विद्यालयमा बाल, लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । सुनकोशी गाउँपालिकका अध्यक्ष दिपा बोहराको प्रमुख आतिथ्यतामा आज एकै दिन चार वटा यस्ता शौचालयहरूको उद्घाटन र हस्तान्तरण गरिएको हो ।
हिजोका दिनमा लैङ्गिकमैत्री शौचालय नभएकै कारण शिकोरावस्थामा पुगेका छात्राहरूको विद्यालय छोड्ने क्रम अब रोकिने विश्वास गरिएको छ । रजश्वलाको समयमा प्याड फेर्ने र सरसफाइ गर्ने स्थान नहुँदा महिनामा चार÷पाँचदिन विद्यालय आउन नपाउने अवस्थाको अन्त्य गरिदिएर निरन्तर शिक्षा लिन पाउने अवस्थाको श्रृजना गरिदिएकोमा विद्यालय परिवार र त्यहाँ अध्ययनरत छात्राहरूले नेपाल रेडक्रसलाई धन्यवाद दिएका छन् ।
गाउँपालिकाका अध्यक्ष बोहराले नेपाल सरकारले गर्नुपर्ने कार्य गरेर सरकारका गतिविधिहरूमा सहयोग पुर्याएकोमा स्थानीय सरकार नेपाल रेडक्रसबाट खुशी भएको र विकासका हरेक गतिविधिहरूमा नेपाल रेडक्रससँग स्थानीय सरकारको सहयोग र सहकार्य रहने प्रतिवद्धता जनाउनु भएको छ ।
विकासका हरेक क्षेत्रमा सबैको पहूँच र सहभागिता सुनिश्चित हुनुपर्दछ भन्ने राज्यको नीति भएपनि सबै क्षेत्रमा राज्य एक्लैले सुविधा उपलव्ध गराउन सक्दैन । त्यसैले लाभग्राहीको मर्यादालाई ख्याल गर्दै उनीहरूको सहभागिता सुनिश्चित गर्न यस्ता संरचनाहरूको निर्माण पनि एउटा खुट्किलो हुनसक्ने कुरालाई मध्यनजर गरेर नेपाल रेडक्रस सोसाइटीले सार्वजनिक स्थानहरूमा यस्ता संरचनाहरूको निर्माण गरेको हो । रेडक्रसले भूकम्प प्रतिकार्यका कार्यक्रमहरू सञ्चालन गरिरहेको भूकम्प अति प्रभावित १४ वटै जिल्लाहरूमा आवास, खानेपानी, सरसफाइ, स्वास्थ्य, जीविकोपार्जनका साथमा सङ्गठन विकास र संरक्षण, लैङ्गिकता तथा समावेशीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । सबै क्षेत्रमा संरक्षण, लैङ्गिकता तथा समावेशीकरणको सुनिश्चितताका लागि रेडक्रसले यस्ता गतिविधिहरू गर्दै आएको हो ।
घरघरमा पानी, सुध्रियो सबैको बानी ,यस्तै आजकै दिन सबैले असम्भव ठानेका दुई स्थानमा निर्माण गरिएका दुई वटा खानेपानी आयोजनाहरूको गाउँपालिका अध्यक्षबाट उद्घाटन गरी समुदायलाई हस्तान्तरण गरियो ।
जसले गर्दा दिनभर पानीकै लागि धाउनु पर्ने वाध्यता हटेको र घरआँगनमा पानीको धारा आएपछि सरसफाइमात्र नभई स्वास्थ्यमा समेत प्रत्यक्ष फाइदा पुगेको स्थानीयले बताएका छन् । आँगनमै पानीको धारा आएपछि महिलाहरूका सुखका दिन त शुरु भए नै, बालबालिकाहरूले समेत सरसफाइमा ध्यान दिन थालेको र सबैको बानीमा सुधार आएको स्थानीयले बताए ।
साथै घरमा प्रयोग गरेको पानीको निकास दिएर करेसाबारीमा समेत आफैँ सागसब्जी र विभिन्न जातका तरकारीहरू उत्पादन हुन थालेपछि गाउँलेहरू पुलकित बनेका हुन् ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया