आइतबार, माघ ६ २०७५
काठमाडौं ००:३९
वासिङटन डिसी 13:54

डीसीमा अनेसास बोर्ड अफ ट्रस्टीको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण समारोह सुरु

विजय थापा २०७५ पुष २१ गते १६:३२ मा प्रकाशित

डीसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज( अनेसास) को बोर्ड अफ ट्रस्टी को नव निर्वाचित कार्य समितिको सपथ ग्रहण को उद्घाटन कार्यक्रम सुरु भएको छ ।

तीन चरणमा विभाजित कार्यक्रम रहने छ । उक्त कार्यक्रमको समुद्घाटन कार्यक्रम अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की ,ट्रस्टीका अध्यक्ष डा श्याम कार्की तथा बोर्ड अफ ट्रस्टीका नव निर्वाचित अध्यक्ष गीता कार्कीले गर्नु भएको छ । सभापतित्व डा श्याम कार्कीले गर्नु भएको छ भने प्रमुख अतिथि राजदुत डा कार्की रहनु भएको छ ।

कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि ,बिशेष अतिथि तथा अन्य अतिथिहरुलाई खादा वितरण गरिएको छ । कार्य्रक्रमको शुभारम्भ नेपाली तथा अमेरिकन राष्ट्रिय गान बाट सुरुवात गरिएको छ ।

यसै गरि उक्त कार्यक्रममा बोर्ड अफ ट्रस्टी पुरस्कार समितिका अध्यक्ष सीता पाण्डेले स्वागत मन्तब्य गर्नु भएको छ । सचिवको प्रतिबेदन सचिव शिव लामिछाने तथा कोषाध्यक्ष बासु सत्यालले कोषाध्यक्षको प्रतिबेदन संक्षेपमा प्रस्तुत गर्नु भएको छ ।

कार्यक्रममा डीसी महानगर क्षेत्रका साहित्यकार तथा बिभिन्न संघ/संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया