मंगलबार, असोज १२ २०७८
काठमाडौं ०१:४८
वासिङटन डिसी 16:03

मेरिल्याण्डमा आफ्नी ५ बर्षिय छोरीलाई चोरी गर्न लगाउने बाबु पक्राउ

इनेप्लिज २०७५ पुष २१ गते १२:३४ मा प्रकाशित

मेरिल्याण्ड राज्यमा बसोबास गर्ने एक बाबुलाई आफ्नो छोरीलाई असल कुरा नसिकाई चोरी गर्न प्रोत्साहन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उक्त अस्वेत (अफ्रिकन अमेरिकन) मानिसले छिमेकिको घरमा आएका सामान अर्थात् पोको लाई आफ्नी ५ बर्षिय छोरीलाई निर्देशन दिएको आरोप लगाइएको छ ।

मेरिल्याण्ड राज्यको हार्फोर्ड काउन्टीका प्रहरी अधिकारीले जनवरी ४ तारिखमा ४६ बर्षिय ग्यारी स्मिथ अबिङ्गडनलाई छिमेकि बाल्टिमोर काउन्टीमा नयाँ बर्षमा पक्राउ गरेको जनाएको छ ।

उनले आफ्नी छोरीलाई मेरिल्याण्डको बेल एयर शहर स्थित एक घर को प्राङ्गण बाट गत नोभेम्बर ३० तारिखका दिन चोरी गर्न निर्देशन दिएका थिए । उक्त दृश्य स्थानीय पत्र पत्रिकाले समाचार प्रकाशित गर्नुको साथै तथा अमेरिकाका राष्ट्रिय स्तरका समाचार घरले श्रव्य दृश्य ( भिडियो) समेत प्रसारण गरेका थिए ।

अमेरिका कै सडक तथा छरछिमेकमा चित्रग्राहिणी (क्यामरा) जडान हुने हुनाले उक्त कुरा पत्ता लगाएको हो । उक्त पोको भित्र केवल एक जोर जुत्ता रहेको थियो ।

उनलाई १ सय डलर भन्दा मूनि चोरी गरेको आरोप लगाईएको छ भनि एपीले समाचार छापेको छ ।

.

प्रतिक्रिया