सोमबार, साउन ३० २०७९
काठमाडौं १६:१६
वासिङटन डिसी 06:31

ताजा समाचार : क्यालिफोर्नियामा गोलि प्रहार बाट ३ को मृत्यु ,४ जना घाइते

इनेप्लिज २०७५ पुष २१ गते ११:२१ मा प्रकाशित

क्यालिफोर्नियामा गोलि प्रहार बाट ३ जनाको मृत्यु तथा ४ जना घाइते भएको खबर छ । उक्त घटना दक्षिणी क्यालिफोर्नियामा घटेको हो । दक्षिणी क्यालिफोर्नियाको टोर्यान्स प्रहरी बिभागका अनुसार गत जनवरी ४ तारिख मध्य रातिमा बन्दुक प्रहारबाट बिभिन्न व्यक्तिहरु घाइते पाइएको जनाएका छन् ।

प्रहरीले सामाजिक संजाल ट्विटरवाट  सन्देश पठाउदै उक्त गोलि प्रहार टोरान्स ग्याबल हाउस बउलमा घटेको बताएका छन् । घटना घट्ने बित्तिकै प्रहरी पुगेका थिए । यस उक्त क्षेत्रबाट टाडा रहन प्रहरीले आव्हान गरेको छ ।

उक्त बउल खेल बिहान ३ बजे खुल्ने जनाएको छ । प्रहरीले क्यालिफोर्नियाको स्थानीय समय ११:५४ मिनेटमा घटेको बताएका छन् ।

थुप्रै व्यक्तिहरु घाइते भएको पाईएकोले प्रहरीले घटनास्थल मै सीपीआर तथा अन्य बचाउका उपाय गरेका थिए भनि सीएनएनमा समाचार छ । टोर्यान्स लस एन्जेलसबाट करिव २० माइल टाडा छ ।

प्रतिक्रिया