अन्तर्राष्ट्रिय महोत्सव माघ ११ देखि

इनेप्लिज २०७५ पुष २१ गते ९:१८ मा प्रकाशित

भद्रपुर, पुस २१ गते । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा अन्तर्राष्ट्रियस्तरको व्यापार महोत्सवको आयोजना हुने भएको छ ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी माघ ११ देखि २३ गतेसम्म हुने बिर्तामोड ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७५’लाई झापामा अहिलेसम्म हँुदै आएकामध्ये सबैभन्दा बृहत् र व्यवस्थित बनाउने तयारी गरिए आयोजकले बताएका छन् । सङ्घका अध्यक्ष कुमार भट्टराईले महोत्सवमा भारत, बङ्गलादेश र पाकिस्तानका कक्ष रहने र चीन तथा थाइल्याण्डका व्यवसायीसँग कक्ष राख्नेबारे कुराकानी भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया